देशभर बाढी, पहिरो र डुबानका कारण हालसम्म १७० जनाको मृत्यु भएको छ भने ४२ जना बेपत्ता छन- गृह मन्त्रालय

देशभर बाढी, पहिरो र डुबानका कारण हालसम्म १७० जनाको मृत्यु भएको छ भने ४२ जना बेपत्ता छन्। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, यी घटनाहरूमा १११ जना घाइते भएका छन्। उद्धार प्रयासहरूमा सबै सुरक्षा निकायहरू सक्रिय रहेका छन्, र हालसम्म करिब ४,००० विपद् प्रभावितको उद्धार गरिएको छ।

बिज्ञापन

काभ्रेपलाञ्चोक, सिन्धुली, र ललितपुरलगायतका जिल्लाहरूबाट नेपाली सेनाको हेलिकप्टरको सहयोगमा १६२ जनालाई उद्धार गरिएको छ। प्रभावितलाई खाद्यान्न र अन्य आपतकालीन राहत सामग्री उपलब्ध गराइएको छ, र घाइतेहरूको निःशुल्क उपचार भइरहेको छ।

बिज्ञापन

गृह मन्त्रालयले खोज, उद्धार, र राहत कार्यलाई उच्च प्राथमिकता दिएको छ। साथै, अवरुद्ध राजमार्गहरू पुनः सञ्चालनमा ल्याउन पहल गरिरहेको छ। प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापन समिति, र स्थानीय विपद् व्यवस्थापन समितिहरू पनि सक्रियतापूर्वक उद्धार र राहत कार्यमा जुटिरहेका छन्।

बिज्ञापन

पढ्न छुटाउनु भयाे कि ?

आमाको नामबाट नागरिकता पाउन दशकदेखि संघर्ष, अदालतकै आदेश पनि सुनुवाइबिहीन

गभर्नर नियुक्तिमा योग्यता होइन, ओली–देउवा सहमति मुख्य आधार

सभामुख र सरकारका प्रवक्ताका विवादास्पद अभिव्यक्तिले आन्दोलनरत शिक्षक थप निराश

आईपीएल २०२५: आज वाङ्खेडे स्टेडियममा मुम्बई र हैदराबाद आमनेसामने

२४ घण्टादेखि विद्युत अवरुद्ध, धनुषा, महोत्तरी र सर्लाहीका बासिन्दा समस्यामा

मन्त्रिपरिषद्को निर्णय: वैशाख १२ गते संसद् अधिवेशन आह्वानको सिफारिस

२५ करोड बराबरको विदेशी मुद्रा बरामद प्रकरण: ट्रक चालक र मालिकविरुद्ध मुद्दा दायर

ललितपुरमा दाइद्वारा बहिनीको हत्या, शव पानीको ट्यांकीमा फेला