कुवेतबाट काठमाडौं आएको कुवेत एयरलाइन्सको विमानले यात्रुको लगेज छुटाएपछि यात्रु मर्कामा

कुवेतबाट काठमाडौं आएको कुवेत एयरलाइन्सको विमानले यात्रुको लगेज छुटाएपछि उनीहरु मर्कामा परेका छन्। कुवेत एयरलाइन्सको उडान नम्बर केयू ३९१ काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान साढे ६ बजे अवतरण भए पनि धेरै यात्रुको सामान नआएपछि उनीहरु निराश बनेका छन्। यात्रुहरुको अनुसार, करिब ८० प्रतिशत यात्रुको लगेज छुटेको छ।

बिज्ञापन

एक यात्रुले दशैं मनाउनका लागि किनमेल गरेका सामान समेत लगेजमा रहेको हुँदा छुटेपछि दशैं खल्लो हुने गुनासो गरे। यात्रुहरुले विमानस्थलको कुवेत एयरलाइन्सको कार्यालयमा लगेजको दाबी गर्दै निवेदन दिएका छन्, जसलाई ‘प्रपर्टी इरेगुलारिटी रिपोर्ट (PIR)’ भनिन्छ।

कुवेत एयरलाइन्सका कर्मचारीहरुले यात्रुलाई सोमबारसम्म लगेज सुरक्षित रुपमा उपलब्ध गराउने आश्वासन दिएका छन्।

 

पढ्न छुटाउनु भयाे कि ?

प्रधानमन्त्री ओलीविरुद्धको अदालत अवहेलनासम्बन्धी रिटको सुनुवाइ आज

समाजवादका लागि संविधान संशोधन आवश्यक: महासचिव विप्लव

वेलुन पड्कदा घाइते भएका अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

पश्चिम नेपालमा वर्षा र हिमपात, काठमाडौंमा के होला?

शोरुमबाट चोरी भएको गाडी : पेट्रोल हाल्दै गर्दा पक्राउ

ट्रम्प प्रशासनको आप्रवासन नीति: अमेरिकाबाट थप २० नेपाली डिपोर्

अक्षरारम्भ र बाल मनोविज्ञान: सिकाइको पहिलो पाइला कसरी सकारात्मक बनाउने?

समाजवादी मोर्चाद्वारा चैत्र २४ गते काठमाडौंमा वृहत् आमसभाको घोषणा