पुण्य गौतममाथि रड प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ पक्राउ पर्नेमा एक नगरिक बचाउ महाअभियानका संयोजक रहेको खुलासा

असोज २४, काठमाडौं – पुण्य गौतममाथि रड प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, ४६ वर्षीय पुण्य गौतममाथि गोकर्णेश्वर नगरपालिका-८ बेशीगाउँस्थित सडकमा रडले प्रहार गरिएको थियो। घटनामा संलग्न भनिएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिज्ञापन

पक्राउ पर्नेहरूमा काभ्रे तेमालका ३० वर्षीय संजिव तामाङ (टासी लामा) र रसुवा निवासी ४१ वर्षीय दिलबहादुर गङदाङ (मिलन) रहेका छन्। संजिवलाई मंगलबार र दिलबहादुरलाई बुधबार पक्राउ गरिएको हो।

बिज्ञापन

प्रहरीले उनीहरूबाट एक रड र तीन मोबाइल पनि बरामद गरेको छ। एसपी अधिकारीका अनुसार, उनीहरूमाथि ज्यान मार्ने उद्योग अन्तर्गत अनुसन्धान अघि बढाइएको छ।

बिज्ञापन

पक्राउ परेका दिलबहादुर गङदाङलाई मुख्य योजनाकारको रूपमा पहिचान गरिएको छ। उनी नागरिक बचाउ महाअभियान अन्तर्गत नागरिक प्रतिरक्षा बलका संयोजक हुन्। घटनाको कारण भने अझै खुल्न सकेको छैन।

 

पढ्न छुटाउनु भयाे कि ?

आमाको नामबाट नागरिकता पाउन दशकदेखि संघर्ष, अदालतकै आदेश पनि सुनुवाइबिहीन

गभर्नर नियुक्तिमा योग्यता होइन, ओली–देउवा सहमति मुख्य आधार

सभामुख र सरकारका प्रवक्ताका विवादास्पद अभिव्यक्तिले आन्दोलनरत शिक्षक थप निराश

आईपीएल २०२५: आज वाङ्खेडे स्टेडियममा मुम्बई र हैदराबाद आमनेसामने

२४ घण्टादेखि विद्युत अवरुद्ध, धनुषा, महोत्तरी र सर्लाहीका बासिन्दा समस्यामा

मन्त्रिपरिषद्को निर्णय: वैशाख १२ गते संसद् अधिवेशन आह्वानको सिफारिस

२५ करोड बराबरको विदेशी मुद्रा बरामद प्रकरण: ट्रक चालक र मालिकविरुद्ध मुद्दा दायर

ललितपुरमा दाइद्वारा बहिनीको हत्या, शव पानीको ट्यांकीमा फेला