Search
Close this search box.

माओवादीलाई २०८४ मा२०६४ जस्तै तर नयाँ स्वरुप र उचाइमा पुगाउन यस्तो गर्नु पर्छ – क.रणविर

माओवादीलाई ०८४ मा ०६४ जस्तै तर नयाँ स्वरुप र उचाइमा पुगाउन के गर्नुपर्ला ?

१) माओवादी सरकारमा गएपछि जुन गल्ती गर्यो त्यसको लागी सार्वजनिक रूपमा जनतासँग माफी माग्दै फेरि त्यस्तो गल्ती नगर्ने प्रतिबद्धता गर्नुपर्छ ।

बिज्ञापन

सरकार- शक्तिमा गएपछि माओवादीले गरेका गल्ती यस्ता छन- पुँजीको लागि विचारको परित्याग, देश- जनताको बेवास्ता,सहयोद्धा- सहिद परिवार र बेपत्ताको बेवास्ता,एकहदको साम्राज्यवाद र दलाल पुँजीवादसँग आत्मसमर्पण, विलासीतावाद,निजि स्वार्थ, परिवारवाद- आफन्तवाद, पक्षपात आदि ।

२) सबै नेता- कार्यकर्ताहरुले विप्लवलाई पछ्याउँदै श्रम- उत्पादनमा भाग लिनुपर्छ र आत्मनिर्भर बन्नुपर्छ । सरल-सस्तो र पारदर्शी जीवन बिताउन तयार हुनुपर्छ ।
३) सामान्यतया सरकारी मोर्चामा दुइचोटी भाग लिसकेकाले फेरि नलिने र पार्टी मोर्चाबाट जनताको सेवा गर्ने घोषणा गर्नुपर्छ ।
४) केन्द्रीय नेतृत्वको देखिएको- नदेखिएको सबै सम्पत्ति पार्टीकरण- राष्ट्रियकरण गर्ने ठोस योजना विकास गरि लागु गर्नुपर्छ ।
५) पार्टीकरण गरेको सम्पत्तिको एक अलग कोष बनाई उत्पादनमा लगाउने ठोस योजना बनाई लागु गर्नुपर्छ । त्यो एकीकृत स्वामित्व अन्तर्गत राखिनुपर्छ र त्यसमा सहिद परिवारका साथै जनयुद्धमा भाग लिएका इच्छुकहरुलाई सहभागी बनाउनुपर्छ । हाइड्रोपावर उत्पादनको एक राम्रो क्षेत्र हुनसक्छ ।
६) सबै माओवादी मात्रै हैन कि सबै कम्युनिस्ट, समाजवादी, देशभक्त र लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरुलाई एकताको अपिल गर्नुपर्छ । साझा मोर्चा बनाएर चुनाव लड्नुपर्छ ।
नोट:- नयाँ स्वरुप भन्नाले माओवादी नरहनसक्छ वाम वा समाजवादी शक्ति बन्न सक्छ ।

पढ्न छुटाउनु भयाे कि ?

नेकपा नेतृत्वको ध्रुवीकरण जनताको पक्षमा छ: विप्लव सी

सरकारको आयु धेरै छैन : प्रचण्ड

गगन र विश्वप्रकाशको सत्ता मोह : युवा भए पनि चेतना बुढो

थारू समुदाय माघीको तयारीमा व्यस्त

जलवायु परिवर्तन र व्यापार दीगोपन: साझा पहलमा सम्मेलन सम्पन्न

रवि लामिछाने ६५ लाख धरौटीमा छुटे अदालतको आदेशले: कसुरदार नरहेको प्रमाण देखेन

संसदीय समितिमा प्रेम सुवाल र राजकिशोर यादवबीच विवाद

विध्यालय मर्ज गर्ने नीति विश्व बैंकको शिक्षा सुधार कार्यक्रमसँग जोडिएको छ , जुन असफल सिद्ध भएको छ