Search
Close this search box.

भारतीय सीमावर्ती नेपाली बजारमा कर्णालीको स्याउको लोकप्रियता बढ्यो

कार्तिक ४, सुर्खेत : कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादन भएको स्याउले यस पटकको दसैँमा नेपाली बजारमा राम्रो माग पाएको छ। जुम्ला, कालीकोट, हुम्ला, र मुगु जिल्लाबाट उत्पादन भएको स्याउले भारतलगायत अन्य मुलुकबाट आयात गरिएको स्याउको बिक्रीमा कमी ल्याएको छ, उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले जानकारी दिए।

बिज्ञापन

कँडेलका अनुसार, कर्णालीको स्याउ सस्तोमा उपलब्ध हुन थालेपछि सुर्खेत, छिन्चु, कोहलपुर, र नेपालगन्ज लगायतका बजारहरूमा यसको राम्रो व्यापार भइरहेको छ। “हामीले कर्णालीको स्याउलाई प्रवर्द्धन गर्न सबै सरोकारवाला निकायलाई अनुरोध गरेका छौँ। स्थानीय फलफूल व्यापारीहरूलाई पनि स्थानीय स्याउको बिक्रीमा ध्यान दिन आग्रह गरेका छौँ, जसको सकारात्मक प्रभाव परेको छ,” कँडेलले भने।

नेपालगन्जमा प्रायः चीन र भारतबाट आयात गरिएको स्याउ खपत हुने गरेको भए पनि अहिले कर्णालीको स्याउले ठूलो स्थान लिएको छ, बाँके कोहलपुरका व्यापारी कृष्ण ओलीले बताए। साथै, भारतीय सीमावर्ती क्षेत्रमा पनि कर्णालीको स्याउको माग बढिरहेको जानकारी गराएका छन्।

वीरेन्द्रनगर सुर्खेतका व्यापारी कमान जिसीले भने, “भारतीय स्याउ प्रतिकिलो रु १५० देखि रु २५० र चीनको स्याउ रु १६० भन्दा बढीमा बिक्री भइरहेका बेला, कर्णालीको स्याउ रु ९० देखि रु १२० सम्ममा पाइन थालेपछि यसको बजार विस्तारमा मद्दत भएको छ।”

दसैँको अवसरमा धेरैजसोले कर्णालीको स्याउ उपहारका रूपमा प्रयोग गरेको पनि देखिएको छ, जाजरकोट नलगाड नगरपालिका–८ का वीरबहादुर खत्रीले बताए। मुगु, जुम्ला, र डोल्पाबाट स्थल मार्ग हुँदै आएको स्याउले नेपाली बजारमा राम्रो स्थान पाएको उनले जानकारी दिए।

यसरी नेपाली उत्पादनको सबैले प्रयोग गर्ने हो भने हाम्रो पैसा हामीसँगै रहने पक्का छ ।

 

पढ्न छुटाउनु भयाे कि ?

नेकपा नेतृत्वको ध्रुवीकरण जनताको पक्षमा छ: विप्लव सी

सरकारको आयु धेरै छैन : प्रचण्ड

गगन र विश्वप्रकाशको सत्ता मोह : युवा भए पनि चेतना बुढो

थारू समुदाय माघीको तयारीमा व्यस्त

जलवायु परिवर्तन र व्यापार दीगोपन: साझा पहलमा सम्मेलन सम्पन्न

रवि लामिछाने ६५ लाख धरौटीमा छुटे अदालतको आदेशले: कसुरदार नरहेको प्रमाण देखेन

संसदीय समितिमा प्रेम सुवाल र राजकिशोर यादवबीच विवाद

विध्यालय मर्ज गर्ने नीति विश्व बैंकको शिक्षा सुधार कार्यक्रमसँग जोडिएको छ , जुन असफल सिद्ध भएको छ