नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई एमालेमा मिसाउने प्रधानमन्त्री ओलीको योजना

कार्तिक ६,विरगन्ज :   प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याउने तयारीमा छन्। स्रोतका अनुसार यो अध्यादेशको मस्यौदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तयार अवस्थामा रहेको छ।

बिज्ञापन
No data was found

ओलीले उक्त अध्यादेशमार्फत नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीजस्ता साना दलहरूलाई एमालेमा समाहित गर्ने योजना बनाएका छन्। यसले एमालेलाई थप बलियो पार्टी बनाउने उनको सोच रहेको बताइएको छ।

बिज्ञापन

अध्यादेश लागू गर्न ओली कांग्रेसको समर्थन खोजिरहेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवासँग सहकार्य गर्दै मन्त्रिपरिषद्बाट यो अध्यादेश पारित गराएर तुरुन्त लागू गर्ने ओलीको योजना छ। राजनीतिक विश्लेषकहरूका अनुसार ओली र देउवाबीच यस विषयमा एक तहको सहमति भइसकेको र अध्यादेश चाँडै आउने सम्भावना रहेको छ।

बिज्ञापन

तर, कांग्रेसभित्र भने यो कदमको विरोध बढ्दै गएको छ। कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, महामन्त्री गगन थापा, र वरिष्ठ नेता शेखर कोइरालालगायत नेताहरूले अध्यादेशको खुलेर विरोध गरिरहेका छन्। कांग्रेसभित्रको यो आन्तरिक असन्तुष्टिका कारण देउवाले ओलीको प्रस्ताव सहजै स्वीकार नगर्ने सम्भावना पनि देखिएको छ।

ओलीले अध्यादेशको सहारामा एमालेलाई बलियो बनाउन खोज्दा सत्तारूढ गठबन्धनभित्रको विवाद अझै चर्किने देखिएको छ। अब सबैको ध्यान देउवाको अन्तिम निर्णयमा केन्द्रित भएको छ।

 

पढ्न छुटाउनु भयाे कि ?

गोरूझैँ जोतिएर देशको सेवा गर्ने चाहना छ : विप्लव सी 

जेन–जेड आन्दोलनको मागमा विप्लव सीको समर्थन : राजनीतिक संकटको निकास सर्वपक्षीय सरकार

जेनजी आन्दोलनको नाममा आगजनी गर्नेहरूमाथि कारबाही माग

कम्युनिष्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी योजना सक्रिय रहेको विप्लव सीको दावी

रोसिङटनको शतकसँगै पोखराको दोस्रो जित, कर्णाली प्लेअफबाट बाहिर

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे