गुल्मीमा पेट्रोल भरिसकेपछि मोटरसाइकलमा आगलागी

गुल्मीमा पेट्रोल भरिसकेपछि मोटरसाइकलमा आगलागी

बिज्ञापन

कात्तिक ७, गुल्मी : गुल्मीमा पेट्रोल भरेर स्टार्ट गर्ने क्रममा अचानक मोटरसाइकलमा आगलागी भएको छ, जसले गर्दा मोटरसाइकल पूर्ण रूपमा नष्ट भएको छ।

बिज्ञापन

आगलागी भएको मोटरसाइकल गुल्मी गुल्मीदरबार-४ का ३० वर्षीय कृष्ण बुचाको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलका अनुसार, बुचाले तम्घास बसपार्कस्थित शिव शक्ति आयल स्टोर्समा पेट्रोल भरेपछि स्टार्ट गर्न खोज्दा लु८प १०५३ नम्बरको मोटरसाइकलमा आगलागी भएको हो।

बिज्ञापन

आगलागीका कारण मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भए पनि कुनै मानवीय क्षति भने नभएको पोखरेलले जनाएका छन्। नेपाल प्रहरी र रेसुङ्गा नगरपालिकाका नगर प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो।

मोटरसाइकल जलेर नष्ट भए पनि पेट्रोल पम्प र वरपरको क्षेत्र ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।

 

पढ्न छुटाउनु भयाे कि ?

राजावादीको प्रदर्शनको तयारीले शिक्षक आन्दोलनको तालिका फेरियो

सरकार–राप्रपा आमनेसामने: निषेधित क्षेत्रमा प्रदर्शनको राप्रपाको निर्णय, गृह मन्त्रालयको कडा चेतावनी

शिक्षा ऐनको माग गर्दै शिक्षकहरूको काठमाडौंमा प्रदर्शन जारी

सुर्खेतको वीरेन्द्रनगरमा गाडीको ठक्करले एक जनाको ज्यान गयो

प्रधानमन्त्री र सभामुखसँगको छलफलपछि पनि शिक्षकहरूको आन्दोलन रोकिएन

विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई एक वर्ष कैद सजाय

सल्यानमा जिप दुर्घटना, १६ जना घाइते

कर्णालीका तीन पालिकामा अझै लागू भएन स्वास्थ्य बीमा कार्यक्रम