आजको मौसम: पाँच प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा वर्षा हुने सम्भावना

कार्तिक  ८, काठमाडौं : हाल देशभर पश्चिमी वायुको प्रभाव कायम रहनुका साथै कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

बिज्ञापन

जल तथा मौसम विज्ञान विभागका अनुसार मधेससहित लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारण बदली रहँदा देशका अन्य भागमा आंशिक बदलीसँगै मौसम मुख्यत: सफा रहनेछ।

बिज्ञापन

आज दिउँसो गण्डकी, कोशी, बागमती, कर्णाली, र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ।

बिज्ञापन

रातको समयमा कोशी, गण्डकी, र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहनुका साथै बाँकी स्थानमा मौसम सफा रहने बताइएको छ।

समग्रमा, यी पाँच प्रदेशका पहाडी भागमा एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

 

पढ्न छुटाउनु भयाे कि ?

आमाको नामबाट नागरिकता पाउन दशकदेखि संघर्ष, अदालतकै आदेश पनि सुनुवाइबिहीन

गभर्नर नियुक्तिमा योग्यता होइन, ओली–देउवा सहमति मुख्य आधार

सभामुख र सरकारका प्रवक्ताका विवादास्पद अभिव्यक्तिले आन्दोलनरत शिक्षक थप निराश

आईपीएल २०२५: आज वाङ्खेडे स्टेडियममा मुम्बई र हैदराबाद आमनेसामने

२४ घण्टादेखि विद्युत अवरुद्ध, धनुषा, महोत्तरी र सर्लाहीका बासिन्दा समस्यामा

मन्त्रिपरिषद्को निर्णय: वैशाख १२ गते संसद् अधिवेशन आह्वानको सिफारिस

२५ करोड बराबरको विदेशी मुद्रा बरामद प्रकरण: ट्रक चालक र मालिकविरुद्ध मुद्दा दायर

ललितपुरमा दाइद्वारा बहिनीको हत्या, शव पानीको ट्यांकीमा फेला