रास्वपा ले सभापति रवि लामिछानेलाई अनुसन्धानको नाममा हिरासतमा राख्नु राजनीतिक प्रतिशोध भएको दाबी गरेको छ

कार्तिक १७,काठमाडौ :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति तथा संसदीय दलका नेता रवि लामिछानेलाई अनुसन्धानको नाममा हिरासतमा राख्नु राजनीतिक प्रतिशोध भएको दाबी गरेको छ। बुधबार जारी गरिएको विज्ञप्तिमा रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले लामिछाने सहकारीको बचत अपचलनमा संलग्न नरहेको र सहकारीबाट कुनै ऋण नलिएको संसदीय छानबिन समितिको प्रतिवेदनका बाबजुद पनि सरकारले बदनियतपूर्वक पक्राउ गरेको उल्लेख गरेका छन्।

बिज्ञापन

विज्ञप्तिमा लामिछानेको गिरफ्तारीलाई गैरकानुनी र राजनीतिक पूर्वाग्रहको रूपमा चित्रित गर्दै देशभरि रास्वपाका सदस्य तथा न्यायप्रेमी नागरिकहरूले यस कदमको विरोधमा प्रदर्शन गरिरहेको जनाइएको छ। साथै, सहकारी ठगी प्रकरणमा लामिछानेको संलग्नता नदेखिएको तर उनलाई संगठित अपराधसँग जोड्नु बदनियत भएको आरोप लगाइएको छ।

बिज्ञापन

रास्वपाले गोर्खा मिडिया नेटवर्कमा सहकारीको पैसा आएको सम्बन्धमा कानुनी सिद्धान्तहरू स्पष्ट हुनुपर्ने बताउँदै, कम्पनीका निर्देशक वा सेयरधारकहरूलाई अपराधी मान्न नसकिने उल्लेख गरेको छ। सहकारीबाट पैसा ल्याउने जिम्मा जिबी राईको रहेकोले यस मुद्दामा सजाय पाउने पनि राई नै भएको पार्टीको भनाइ छ।

बिज्ञापन

 

पढ्न छुटाउनु भयाे कि ?

आमाको नामबाट नागरिकता पाउन दशकदेखि संघर्ष, अदालतकै आदेश पनि सुनुवाइबिहीन

गभर्नर नियुक्तिमा योग्यता होइन, ओली–देउवा सहमति मुख्य आधार

सभामुख र सरकारका प्रवक्ताका विवादास्पद अभिव्यक्तिले आन्दोलनरत शिक्षक थप निराश

आईपीएल २०२५: आज वाङ्खेडे स्टेडियममा मुम्बई र हैदराबाद आमनेसामने

२४ घण्टादेखि विद्युत अवरुद्ध, धनुषा, महोत्तरी र सर्लाहीका बासिन्दा समस्यामा

मन्त्रिपरिषद्को निर्णय: वैशाख १२ गते संसद् अधिवेशन आह्वानको सिफारिस

२५ करोड बराबरको विदेशी मुद्रा बरामद प्रकरण: ट्रक चालक र मालिकविरुद्ध मुद्दा दायर

ललितपुरमा दाइद्वारा बहिनीको हत्या, शव पानीको ट्यांकीमा फेला