विद्यालय सुधारमा सामूहिक गम्भीरताको आवश्यकता

कार्तिक १७, सिरहा : सामुदायिक विद्यालयको गुणस्तर सुधारको लागि सिरहामा आयोजित जनप्रतिनिधि र शिक्षकहरूको गोष्ठीले निष्कर्ष निकालेको छ कि सबै पक्ष गम्भीर भएमा मात्र सामुदायिक विद्यालय उत्कृष्ट बनाउन सकिन्छ। शनिबार बरियारपट्टीस्थित जनता माध्यमिक विद्यालयमा सम्पन्न गोष्ठीमा सहभागीहरूले विद्यालय सुधारका लागि तीनै तहका सरकार, जनप्रतिनिधि, शिक्षक र समाज सबैको संलग्नता आवश्यक रहेको बताए।

बिज्ञापन

रमेश महतो मेमोरियल माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवनारायण यादवले संघीयतापछि केही सामुदायिक विद्यालयहरूले प्रगति गरे पनि समन्वयको कमी र अनावश्यक विवादका कारण धेरै ठाउँमा अवस्था झन् गम्भीर बनेको बताए। जनता माध्यमिक विद्यालय, बरियारपट्टीका प्रधानाध्यापक वीरबल यादवले विद्यालयलाई आवश्यक पर्ने आर्थिक सहयोग र माया अभाव रहेको औंल्याए।

बिज्ञापन

गोष्ठीको अगुवाइ गरेका प्रदेशसभा सदस्य संजयकुमार यादवले यो कार्यक्रमले सामुदायिक विद्यालयको समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको र यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। उनले विद्यालय सुधारका लागि सबैलाई गम्भीर बन्न आग्रह पनि गरे।

बिज्ञापन

 

पढ्न छुटाउनु भयाे कि ?

आमाको नामबाट नागरिकता पाउन दशकदेखि संघर्ष, अदालतकै आदेश पनि सुनुवाइबिहीन

गभर्नर नियुक्तिमा योग्यता होइन, ओली–देउवा सहमति मुख्य आधार

सभामुख र सरकारका प्रवक्ताका विवादास्पद अभिव्यक्तिले आन्दोलनरत शिक्षक थप निराश

आईपीएल २०२५: आज वाङ्खेडे स्टेडियममा मुम्बई र हैदराबाद आमनेसामने

२४ घण्टादेखि विद्युत अवरुद्ध, धनुषा, महोत्तरी र सर्लाहीका बासिन्दा समस्यामा

मन्त्रिपरिषद्को निर्णय: वैशाख १२ गते संसद् अधिवेशन आह्वानको सिफारिस

२५ करोड बराबरको विदेशी मुद्रा बरामद प्रकरण: ट्रक चालक र मालिकविरुद्ध मुद्दा दायर

ललितपुरमा दाइद्वारा बहिनीको हत्या, शव पानीको ट्यांकीमा फेला