नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंक राष्ट्र बैंकको कारबाहीमा

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुईवटा बैंकलाई नियम विपरीत कार्य गरेको आरोपमा कारबाही गरेको छ। राष्ट्र बैंकले एउटा वाणिज्य बैंक र एउटा विकास बैंकलाई अनुशासनमा ल्याउन कारबाही प्रक्रिया अघि बढाएको छ।

बिज्ञापन
No data was found

राष्ट्र बैंकका अनुसार नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले खाता खोल्दा र सञ्चालन गर्दा पर्याप्त सावधानी नअपनाएको पाइएकोले सचेत गराइएको हो। राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को (क) अनुसार उक्त बैंकलाई कारबाही गरेको जनाएको छ।

बिज्ञापन

त्यसैगरी, मितेरी डेभलपमेन्ट बैंकलाई पनि ब्याजदर सम्बन्धी निर्देशनको उल्लङ्घन गरेको कारण कारबाहीमा पारिएको छ। ०८१ असार महिनामा जारी निर्देशन अनुसार ४.६० प्रतिशतभन्दा बढी ब्याजदर अन्तर राख्न नपाइने नियमको पालना नगरेकाले मितेरी बैंकलाई शाखा विस्तारमा रोक लगाइएको छ भने अन्य पुनर्कर्जा सुविधामा समेत कटौती गरिएको छ।

पढ्न छुटाउनु भयाे कि ?

गोरूझैँ जोतिएर देशको सेवा गर्ने चाहना छ : विप्लव सी 

जेन–जेड आन्दोलनको मागमा विप्लव सीको समर्थन : राजनीतिक संकटको निकास सर्वपक्षीय सरकार

जेनजी आन्दोलनको नाममा आगजनी गर्नेहरूमाथि कारबाही माग

कम्युनिष्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी योजना सक्रिय रहेको विप्लव सीको दावी

रोसिङटनको शतकसँगै पोखराको दोस्रो जित, कर्णाली प्लेअफबाट बाहिर

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे