कार्तिक २४, काठमाडौ : यू–१९ महिला टी–ट्वेन्टी विश्वकप छनोटमा नेपालले यूएईसँग १३ रनको हार बेहोरेको छ।

१ सय २३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५ विकेट गुमाउँदै मात्र १०९ रन बनाउन सफल भयो। नेपालकी कप्तान पूजा महतो ४८ रनमा आउट भइन्, जसमा ५ चौकासहित उनले ४३ बल खेलेकी थिइन्। सोनी पाख्रिन र साना प्रविनले समान १९-१९ रन, सावित्री धामीले ६, अलिसा यादवले ३ रन बनाए भने ज्योत्सना मरासिनी ११ रनमा अविजित रहिन्।

अजमानस्थित सेभेन डिस्ट्रिक ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २२ रन बनायो। यूएईका लागि रिनिथा रजिथले ४८ रनको योगदान गरिन् भने लाभानी केनीले २० र इन्दुजा नन्दकुमारले १२ रन जोडे।

नेपालका लागि रिया शर्माले ३ विकेट लिँदा, पूजा महतो, करिश्मा गुरुङ, र सीमा केसीले समान १-१ विकेट लिए।
अघिल्ला दुई खेलमा शानदार जित दर्ता गरेको नेपालले थाइल्याण्डलाई ६७ रन र कुवेतलाई १ सय ८ रनले हराएको थियो। प्रतियोगितामा नेपाल, यूएई, कुवेत र थाइल्याण्ड सहभागी छन्। शीर्ष स्थानमा आउने टोलीले आगामी जनवरीमा मलेसियामा हुने यू–१९ महिला टि–२० विश्वकपमा स्थान बनाउनेछ।
यू–१९ महिला विश्वकप छनौट : नेपाल १३ रनले यूएईसँग पराजित
काठमाडौं : आईसीसी यू–१९ महिला टी–ट्वेन्टी विश्वकप छनोटमा नेपालले यूएईसँग १३ रनको हार बेहोरेको छ।