यू–१९ महिला विश्वकप छनौट : नेपाल १३ रनले यूएईसँग पराजित

कार्तिक २४, काठमाडौ : यू–१९ महिला टी–ट्वेन्टी विश्वकप छनोटमा नेपालले यूएईसँग १३ रनको हार बेहोरेको छ।

बिज्ञापन
No data was found

१ सय २३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५ विकेट गुमाउँदै मात्र १०९ रन बनाउन सफल भयो। नेपालकी कप्तान पूजा महतो ४८ रनमा आउट भइन्, जसमा ५ चौकासहित उनले ४३ बल खेलेकी थिइन्। सोनी पाख्रिन र साना प्रविनले समान १९-१९ रन, सावित्री धामीले ६, अलिसा यादवले ३ रन बनाए भने ज्योत्सना मरासिनी ११ रनमा अविजित रहिन्।

बिज्ञापन

अजमानस्थित सेभेन डिस्ट्रिक ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २२ रन बनायो। यूएईका लागि रिनिथा रजिथले ४८ रनको योगदान गरिन् भने लाभानी केनीले २० र इन्दुजा नन्दकुमारले १२ रन जोडे।

बिज्ञापन

नेपालका लागि रिया शर्माले ३ विकेट लिँदा, पूजा महतो, करिश्मा गुरुङ, र सीमा केसीले समान १-१ विकेट लिए।

अघिल्ला दुई खेलमा शानदार जित दर्ता गरेको नेपालले थाइल्याण्डलाई ६७ रन र कुवेतलाई १ सय ८ रनले हराएको थियो। प्रतियोगितामा नेपाल, यूएई, कुवेत र थाइल्याण्ड सहभागी छन्। शीर्ष स्थानमा आउने टोलीले आगामी जनवरीमा मलेसियामा हुने यू–१९ महिला टि–२० विश्वकपमा स्थान बनाउनेछ।

यू–१९ महिला विश्वकप छनौट : नेपाल १३ रनले यूएईसँग पराजित

काठमाडौं : आईसीसी यू–१९ महिला टी–ट्वेन्टी विश्वकप छनोटमा नेपालले यूएईसँग १३ रनको हार बेहोरेको छ।

१ सय २३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५ विकेट गुमाउँदै मात्र १०९ रन बनाउन सफल भयो। नेपालकी कप्तान पूजा महतो ४८ रनमा आउट भइन्, जसमा ५ चौकासहित उनले ४३ बल खेलेकी थिइन्। सोनी पाख्रिन र साना प्रविनले समान १९-१९ रन, सावित्री धामीले ६, अलिसा यादवले ३ रन बनाए भने ज्योत्सना मरासिनी ११ रनमा अविजित रहिन्।

अजमानस्थित सेभेन डिस्ट्रिक ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २२ रन बनायो। यूएईका लागि रिनिथा रजिथले ४८ रनको योगदान गरिन् भने लाभानी केनीले २० र इन्दुजा नन्दकुमारले १२ रन जोडे।

नेपालका लागि रिया शर्माले ३ विकेट लिँदा, पूजा महतो, करिश्मा गुरुङ, र सीमा केसीले समान १-१ विकेट लिए।

अघिल्ला दुई खेलमा शानदार जित दर्ता गरेको नेपालले थाइल्याण्डलाई ६७ रन र कुवेतलाई १ सय ८ रनले हराएको थियो। प्रतियोगितामा नेपाल, यूएई, कुवेत र थाइल्याण्ड सहभागी छन्। शीर्ष स्थानमा आउने टोलीले आगामी जनवरीमा मलेसियामा हुने यू–१९ महिला टि–२० विश्वकपमा स्थान बनाउनेछ।

पढ्न छुटाउनु भयाे कि ?

गोरूझैँ जोतिएर देशको सेवा गर्ने चाहना छ : विप्लव सी 

जेन–जेड आन्दोलनको मागमा विप्लव सीको समर्थन : राजनीतिक संकटको निकास सर्वपक्षीय सरकार

जेनजी आन्दोलनको नाममा आगजनी गर्नेहरूमाथि कारबाही माग

कम्युनिष्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी योजना सक्रिय रहेको विप्लव सीको दावी

रोसिङटनको शतकसँगै पोखराको दोस्रो जित, कर्णाली प्लेअफबाट बाहिर

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे