भ्रष्टाचारलाई कोरोना भाइरससँग तुलना गर्दै विप्लवको कटाक्ष

मंसिर ८,काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा भ्रष्टाचारको अवस्था कोरोना भाइरसको महामारीसरह भयावह भएको बताएका छन्। शनिबार नेकपा पुनर्गठन दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले वडादेखि केन्द्रसम्म भ्रष्टाचार मौलाएको आरोप लगाए।

बिज्ञापन

विप्लवले पुराना राजनीतिक दलहरू एकअर्कालाई भ्रष्टाचारको दोष लगाउने तर आफूमाथिको आरोप नकार्न मात्र सक्रिय रहेको बताए। उनका अनुसार, यी दलहरू भ्रष्टाचार नियन्त्रणभन्दा पनि प्रष्टिकरण दिने र अन्यायमा परेको गुनासो गर्नेमा सीमित भएका छन्।

बिज्ञापन
Exif_JPEG_420

“नेपालमा भ्रष्टाचारको अवस्था कोरोना भाइरस जस्तै फैलिएको छ। पुराना पार्टीहरू एकले अर्कालाई दोष लगाउँछन्, तर आफू निर्दोष रहेको मात्र प्रष्टिकरण दिन्छन्। विदेशी बैंकमा पैसा लुकाएको छैन भन्नु र अन्यायमा परेको गुनासो गर्नुबाहेक केही गर्न सकेका छैनन्। वडादेखि केन्द्रसम्म भ्रष्टाचारको ठूलो आतंक छ, बजेट माथिबाट झर्छ, तर सबै बाँडेर खान्छन्,” उनले भने।वर्षैपिच्छे सरकार परिवर्तन हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै उनले वर्तमान ओली सरकार पनि कति टिक्छ भन्नेमा शंका रहेको बताए।

बिज्ञापन

पढ्न छुटाउनु भयाे कि ?

आमाको नामबाट नागरिकता पाउन दशकदेखि संघर्ष, अदालतकै आदेश पनि सुनुवाइबिहीन

गभर्नर नियुक्तिमा योग्यता होइन, ओली–देउवा सहमति मुख्य आधार

सभामुख र सरकारका प्रवक्ताका विवादास्पद अभिव्यक्तिले आन्दोलनरत शिक्षक थप निराश

आईपीएल २०२५: आज वाङ्खेडे स्टेडियममा मुम्बई र हैदराबाद आमनेसामने

२४ घण्टादेखि विद्युत अवरुद्ध, धनुषा, महोत्तरी र सर्लाहीका बासिन्दा समस्यामा

मन्त्रिपरिषद्को निर्णय: वैशाख १२ गते संसद् अधिवेशन आह्वानको सिफारिस

२५ करोड बराबरको विदेशी मुद्रा बरामद प्रकरण: ट्रक चालक र मालिकविरुद्ध मुद्दा दायर

ललितपुरमा दाइद्वारा बहिनीको हत्या, शव पानीको ट्यांकीमा फेला