मंसिर, ८ काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले दलाल पुँजीवादी व्यवस्थाले नेपाली जनतालाई निरन्तर दुःख दिएको र यस व्यवस्थाको अन्त्य अनिवार्य भएको बताएका छन्।
बिज्ञापन
शनिबार राजधानीमा आयोजित नेकपा पुनर्गठन दिवसको कार्यक्रममा सम्बोधन गर्दै उनले यो व्यवस्थाले जनतालाई ऋणको भार थोपरेर शिक्षा, रोजगारी र ज्यालाको सवालमा अन्याय गरेको उल्लेख गरे।
विप्लवले समाजवादलाई नेपाली जनताको मुख्य विकल्पको रूपमा अघि बढाउन पार्टी संघर्षरत रहेको स्पष्ट पारे।