त्रिविका नफर्किने प्राध्यापकहरूको खोजी अभियान सुरु : त्रिविमा अध्ययन बिदाको व्यापक दुरुपयोग

मंसिर,१०  काठमाडौं : त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापकहरूको खोजी प्रक्रिया तीव्र बनाएको छ। अध्ययन बिदामा विदेश गएर नफर्किएका र अध्ययन पूरा नगरी फरार भएका प्राध्यापकहरूको तथ्यांक संकलन गर्न थालिएको छ।

बिज्ञापन
No data was found

रजिस्ट्रार प्राडा. केदारप्रसाद रिजालका अनुसार, त्रिविका विभिन्न संकायका प्राध्यापकहरूको वास्तविक स्थिति पत्ता लगाउन एक महिनाभित्र तथ्यांक संकलन सम्पन्न गरिनेछ। “अध्ययन बिदा लिएर नफर्किएका र अध्ययन पूरा नगर्ने शिक्षकहरूको विवरण हाम्रो प्राथमिकता हो। यथार्थ बुझेर मात्र आवश्यक कदम चालिन्छ,” उनले भने।

बिज्ञापन

त्रिविको तथ्यांक अनुसार, विगत १० वर्षमा ८९३ जना प्राध्यापकले अध्ययन बिदा लिएका छन्। तर, उनीहरूबाट कति फर्किए, कति फरार भए भन्ने ठोस रेकर्ड विश्वविद्यालयसँग छैन। यसै अवधिमा अध्ययन बिदा बस्ने प्राध्यापकहरूलाई तलबकै रूपमा मात्र कम्तीमा १ अर्ब ७६ करोड रुपैयाँ भुक्तानी भएको छ।

बिज्ञापन

अनलाइनखबरको अनुसन्धानले बिदा लिएर नफर्किएका प्राध्यापकहरूको प्रारम्भिक संख्या ५४ रहेको देखाएको छ। यी ५४ जनाबाट मात्र ८ करोड रुपैयाँभन्दा बढी रकम असुल्न बाँकी छ। यद्यपि, यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

रजिस्ट्रार रिजालले भने, “पहिलो चरणमा व्यवस्थित तथ्यांक संकलन गरेर मात्र निर्णय गरिनेछ। कारबाही गर्ने नियम भएकाले दोषी प्राध्यापकहरूलाई कारबाही प्रक्रिया अघि बढाइनेछ। आवश्यकता परेमा थप समिति गठन गरी समस्या समाधानमा पहल गरिनेछ।”

नियमन र कारबाहीका प्रावधान

त्रिवि नियमावली २०५० अनुसार, प्राध्यापक वा कर्मचारीलाई बढीमा ५ वर्षसम्म अध्ययन बिदा दिन सकिन्छ। अध्ययन बिदा पूरा गरेपछि कम्तीमा ३ देखि ५ वर्ष सेवा अनिवार्य गर्ने प्रावधान छ। सेवा नदिएमा लिएको तलब १२ प्रतिशत ब्याजसहित फिर्ता गर्नुपर्ने नियम रहेको छ।

विदामा जानुअघि शिक्षकहरूले नेपाल फर्किने लिखित कबुलियतनामा गर्ने व्यवस्था छ। तर, यसको उल्लंघन गर्दै विदेशमै स्थायीत्व खोज्ने प्राध्यापकहरूको संख्याले त्रिवि प्रशासनलाई चुनौती थपेको छ।

त्रिविले अध्ययन बिदाको नियमन, गैरजिम्मेवार प्राध्यापकहरूको खोजी र उनीहरूमाथि कारबाही प्रक्रिया अविलम्ब टुंगोमा पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

 

पढ्न छुटाउनु भयाे कि ?

गोरूझैँ जोतिएर देशको सेवा गर्ने चाहना छ : विप्लव सी 

जेन–जेड आन्दोलनको मागमा विप्लव सीको समर्थन : राजनीतिक संकटको निकास सर्वपक्षीय सरकार

जेनजी आन्दोलनको नाममा आगजनी गर्नेहरूमाथि कारबाही माग

कम्युनिष्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी योजना सक्रिय रहेको विप्लव सीको दावी

रोसिङटनको शतकसँगै पोखराको दोस्रो जित, कर्णाली प्लेअफबाट बाहिर

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे