राष्ट्रिय चलचित्र पुरस्कार : ‘बुलाकी’ उत्कृष्ट फिल्म, विपिन कार्की र स्वस्तिमा खड्काले जिते सर्वश्रेष्ठ अभिनय अवार्ड

मंसिर, १२ काठमाडौं : राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा यस वर्षको राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न विधामा फिल्मकर्मीलाई सम्मान गरे।

बिज्ञापन

सर्वश्रेष्ठ फिल्मको अवार्ड ‘बुलाकी’ ले जित्यो, जबकि सर्वश्रेष्ठ निर्देशकको पुरस्कार ‘दिमाग खराब’ का निश्चल बस्नेतले प्राप्त गरे।
सर्वश्रेष्ठ अभिनेता र अभिनेत्रीको अवार्ड क्रमशः ‘प्रसाद २’ बाट विपिन कार्की र ‘दिमाग खराब’ बाट स्वस्तिमा खड्काले जिते।

‘बुलाकी’ बाट राजबहादुर सानेले सर्वश्रेष्ठ पटकथा तथा संवाद, शिव ढकालले सर्वश्रेष्ठ छायांकन, र ‘महाजात्रा’ बाट मित्र डी गुरुङले सर्वश्रेष्ठ सम्पादनको अवार्ड प्राप्त गरे।
‘जारी’ ले सर्वश्रेष्ठ व्यावसायिक सफल फिल्मको अवार्ड जितेको छ भने ‘टुल्की’ बाट स्वस्तिमा खड्कालाई जुरी प्रोत्साहन अवार्ड प्रदान गरियो।

 

पढ्न छुटाउनु भयाे कि ?

“एनपीएल: सुदूरपश्चिमको लगातार दोस्रो जित”

उपनिर्वाचनमा माओवादी जनमत वढेको संकेत

 क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन : विद्रोहको कार्यदिशा पारित 

माओवादी नेता नारायणकाजी श्रेष्ठको चीन भ्रमण: दक्षिण एसियाली मुद्दामा छलफल गर्ने तयारी

रवि र छविका विरुद्ध पर्सामा पक्राउ पुर्जी

दक्षिण कोरियामा ६ घण्टा पनि टिकेन सैनिक शासन

उपनिर्वाचन नतिजापछि एमालेमा निराशा, माओवादीको प्रगति

प्रधानमन्त्री ओलीको चीन भ्रमण: नेपाल-चीनबीच भएका ९ प्रमुख सहमति र समझदारी