युवालाई दक्षताअनुसार रोजगारीको सुनिश्चितता गर्नुपर्छ : देउवा

मंसिर १२, काठमाडौं : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवालाई उनीहरूको सीप र दक्षताअनुसार रोजगारी दिनुपर्ने आवश्यकता औँल्याएका छन्। छैटौँ एशियाली जनसंख्या सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले दक्षिण एशियाका देशहरूले आफ्नो युवाशक्तिलाई सही व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।

बिज्ञापन
No data was found

देउवाका अनुसार, दक्षिण एशियामा विश्वको ६० प्रतिशत जनसंख्या रहेको छ, र यदि यस क्षेत्रले युवालाई उत्पादनमूलक क्षेत्रमा समाहित गर्न सकेन भने, उनीहरू वैदेशिक रोजगारीतर्फ आकर्षित हुने सम्भावना अझ बढ्नेछ। साथै, उनले नविन आविष्कार र उद्यमशीलता प्रवर्द्धन गरेर युवालाई स्वदेशमै कामका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए।

बिज्ञापन

देउवाले भने, “बढ्दो जनसंख्याका लागि साधन र स्रोत पर्याप्त छैनन्। तर, हामीले युवाशक्तिलाई विदेशिने प्रवृत्तिबाट रोक्न र उत्पादनमूलक क्षेत्रमा सक्रिय बनाउन योजना र प्राथमिकता तय गर्नुपर्छ। प्रजनन स्वास्थ्यका क्षेत्रमा नेपालले दिगो विकास लक्ष्य हासिल गरेको छ। जलवायु परिवर्तनको प्रभावलाई समेत ध्यानमा राख्दै, सम्मेलनले मानव कल्याणका लागि मार्गनिर्देशन गर्ने विश्वास छ।”

बिज्ञापन

उनले जलवायु परिवर्तनबाट हुने असर तथा दक्ष जनशक्तिको सही उपयोगका लागि सम्मेलनले उपयोगी सुझाव दिने विश्वास व्यक्त गरे।

 

पढ्न छुटाउनु भयाे कि ?

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे

बागमती प्रदेश सरकारद्वारा ३ अर्बभन्दा बढी खर्च कटौती गर्ने निर्णय

नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक, डेटा सुरक्षित रहेको काउन्सिलको दाबी

राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभा अध्यक्ष दाहालको भेट, आईपीयू सम्मेलनबारे जानकारी

चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु, २ घाइते

वर्षातले बन्द भएको मेलम्चीको पानी पुनः काठमाडौँमा, तीन दिनको अन्तरमा पानी वितरण