स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने मन्त्री पौडेलको जोड

मंसिर १२ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा सुधार गरी समाजवाद र लोकतन्त्रलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता रहेको बताएका छन्। चितवनको शक्तिखोरमा आयोजित नेपाली कांग्रेस नेता स्व. बलबहादुर श्रेष्ठको १२औं स्मृति सभामा बोल्दै उनले मन्त्रालयले केही योजनाहरू अघि सारिसकेको र थप बजेटमार्फत कार्यक्रमहरू अघि बढाउने जानकारी दिए।

बिज्ञापन

उनले १४ वर्षमुनिका बालबालिकाको उपचार, ठूला अस्पतालमा जलन उपचार, र किशोरीहरूलाई पाठेघरको क्यान्सरबाट बचाउन एचपीभी भ्याक्सिन वितरण जस्ता कार्यक्रमहरू निःशुल्क रुपमा सञ्चालन गर्न लागिएको बताए। साथै, महिला-पुरुष दुवैका स्वास्थ्य परीक्षणहरू गर्दै क्यान्सर र मिर्गौलाको अवस्थाबारे परीक्षण गर्ने योजना पनि सार्वजनिक गरे।

बिज्ञापन

कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा भएका सकारात्मक प्रयासहरूको चर्चा गर्दै अझै धेरै सुधार आवश्यक रहेको औंल्याए। स्व. बलबहादुर श्रेष्ठले राजनीति र समाजसेवामा गरेको योगदानको स्मरण गर्दै उनले नेतृत्वदायी व्यक्तिहरूले जनहितका क्षेत्रमा लाग्नुपर्ने कुरामा जोड दिए।

बिज्ञापन

श्रेष्ठले शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा दिएको योगदानले शक्तिखोर र आसपासका बासिन्दालाई ठूलो लाभ पुर्‍याएको थियो। उनको योगदानलाई सम्मान गर्दै स्मृति सभामा क्षेत्रीय विकासको चर्चा गरिएको थियो।

 

पढ्न छुटाउनु भयाे कि ?

आमाको नामबाट नागरिकता पाउन दशकदेखि संघर्ष, अदालतकै आदेश पनि सुनुवाइबिहीन

गभर्नर नियुक्तिमा योग्यता होइन, ओली–देउवा सहमति मुख्य आधार

सभामुख र सरकारका प्रवक्ताका विवादास्पद अभिव्यक्तिले आन्दोलनरत शिक्षक थप निराश

आईपीएल २०२५: आज वाङ्खेडे स्टेडियममा मुम्बई र हैदराबाद आमनेसामने

२४ घण्टादेखि विद्युत अवरुद्ध, धनुषा, महोत्तरी र सर्लाहीका बासिन्दा समस्यामा

मन्त्रिपरिषद्को निर्णय: वैशाख १२ गते संसद् अधिवेशन आह्वानको सिफारिस

२५ करोड बराबरको विदेशी मुद्रा बरामद प्रकरण: ट्रक चालक र मालिकविरुद्ध मुद्दा दायर

ललितपुरमा दाइद्वारा बहिनीको हत्या, शव पानीको ट्यांकीमा फेला