स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने मन्त्री पौडेलको जोड

मंसिर १२ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा सुधार गरी समाजवाद र लोकतन्त्रलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता रहेको बताएका छन्। चितवनको शक्तिखोरमा आयोजित नेपाली कांग्रेस नेता स्व. बलबहादुर श्रेष्ठको १२औं स्मृति सभामा बोल्दै उनले मन्त्रालयले केही योजनाहरू अघि सारिसकेको र थप बजेटमार्फत कार्यक्रमहरू अघि बढाउने जानकारी दिए।

बिज्ञापन
No data was found

उनले १४ वर्षमुनिका बालबालिकाको उपचार, ठूला अस्पतालमा जलन उपचार, र किशोरीहरूलाई पाठेघरको क्यान्सरबाट बचाउन एचपीभी भ्याक्सिन वितरण जस्ता कार्यक्रमहरू निःशुल्क रुपमा सञ्चालन गर्न लागिएको बताए। साथै, महिला-पुरुष दुवैका स्वास्थ्य परीक्षणहरू गर्दै क्यान्सर र मिर्गौलाको अवस्थाबारे परीक्षण गर्ने योजना पनि सार्वजनिक गरे।

बिज्ञापन

कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा भएका सकारात्मक प्रयासहरूको चर्चा गर्दै अझै धेरै सुधार आवश्यक रहेको औंल्याए। स्व. बलबहादुर श्रेष्ठले राजनीति र समाजसेवामा गरेको योगदानको स्मरण गर्दै उनले नेतृत्वदायी व्यक्तिहरूले जनहितका क्षेत्रमा लाग्नुपर्ने कुरामा जोड दिए।

बिज्ञापन

श्रेष्ठले शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा दिएको योगदानले शक्तिखोर र आसपासका बासिन्दालाई ठूलो लाभ पुर्‍याएको थियो। उनको योगदानलाई सम्मान गर्दै स्मृति सभामा क्षेत्रीय विकासको चर्चा गरिएको थियो।

 

पढ्न छुटाउनु भयाे कि ?

गोरूझैँ जोतिएर देशको सेवा गर्ने चाहना छ : विप्लव सी 

जेन–जेड आन्दोलनको मागमा विप्लव सीको समर्थन : राजनीतिक संकटको निकास सर्वपक्षीय सरकार

जेनजी आन्दोलनको नाममा आगजनी गर्नेहरूमाथि कारबाही माग

कम्युनिष्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी योजना सक्रिय रहेको विप्लव सीको दावी

रोसिङटनको शतकसँगै पोखराको दोस्रो जित, कर्णाली प्लेअफबाट बाहिर

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे