सहकारी अपचलन प्रकरण: रवि लामिछानेको काठमाडौंमा बयान सुरु

मंसिर, १४ काठमाडौं : सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणका आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको छ। कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा उनलाई काठमाडौं प्रहरी परिसरमा राखिएको छ।

बिज्ञापन

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा शुक्रबारदेखि लामिछानेसँग बयान लिन सुरु गरिनेछ। स्वर्णलक्ष्मी सहकारी प्रकरणसँगै काठमाडौंमा पनि ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणको अनुसन्धान भइरहेको छ।

बिज्ञापन

यसअघि पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी आरोपमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए। कास्की जिल्ला अदालतले पाँचौ पटक म्याद थप गर्दै उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

बिज्ञापन

रुपन्देहीको सुप्रिम सहकारी र चितवनको साहारा चितवन सहकारीसँग पनि लामिछाने जोडिएको दाबी गरिएको छ। चितवन प्रहरीले पक्राउ पुर्जी जारी गरेको भए पनि उनलाई त्यहाँ लैजाने विषयमा निर्णय भइसकेको छैन। बयानपछि उनलाई पुन: कास्की फिर्ता गरिने तयारी गरिएको छ।

 

पढ्न छुटाउनु भयाे कि ?

आमाको नामबाट नागरिकता पाउन दशकदेखि संघर्ष, अदालतकै आदेश पनि सुनुवाइबिहीन

गभर्नर नियुक्तिमा योग्यता होइन, ओली–देउवा सहमति मुख्य आधार

सभामुख र सरकारका प्रवक्ताका विवादास्पद अभिव्यक्तिले आन्दोलनरत शिक्षक थप निराश

आईपीएल २०२५: आज वाङ्खेडे स्टेडियममा मुम्बई र हैदराबाद आमनेसामने

२४ घण्टादेखि विद्युत अवरुद्ध, धनुषा, महोत्तरी र सर्लाहीका बासिन्दा समस्यामा

मन्त्रिपरिषद्को निर्णय: वैशाख १२ गते संसद् अधिवेशन आह्वानको सिफारिस

२५ करोड बराबरको विदेशी मुद्रा बरामद प्रकरण: ट्रक चालक र मालिकविरुद्ध मुद्दा दायर

ललितपुरमा दाइद्वारा बहिनीको हत्या, शव पानीको ट्यांकीमा फेला