१६ मंसिर, काठमाडौं। स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अनुसन्धानको सिलसिलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि काठमाडौंको सरकारी वकिल कार्यालयमा बयान जारी छ। पोखराबाट पक्राउ परेका लामिछानेको बयान शुक्रबारबाट सुरु भएको हो।
बिज्ञापन



प्रहरीले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणका मुद्दामा छानबिन गरिरहेको छ। उनको खातामा भएको ५० करोड रुपैयाँभन्दा बढीको कारोबार र विभिन्न सहकारीमा अनियमितताका मुद्दामा अनुसन्धान तीव्र पारिएको छ।
बिज्ञापन



बिज्ञापन


