मंसिर, १७ काठमाडौ : कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल विजयी भएका छन्। आइतबार भएको स्थानीय तहको उपनिर्वाचनमा डंगोलले ५,३३४ मत प्राप्त गर्दै विजयी घोषणा भए। उनले माओवादीका शिवशरण महर्जनलाई ७७९ मतको अन्तरले पराजित गरे। महर्जनले ४,५५५ मत प्राप्त गरेका थिए भने नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले ४,३३७ मत ल्याए।
बिज्ञापन
No data was found
यस उपचुनावको आवश्यकता २०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको मृगौलासम्बन्धी रोगका कारण निधन भएपछि आएको हो। कीर्तिपुर नगरपालिकामा २०५४ सालमा नगरपालिका बनेपछि कांग्रेसको प्रभाव बलियो रहँदै आएको छ, र यस चुनावमा पनि कांग्रेसको जीतसँगै राजकुमार नकर्मीको विरासत जोगिएको छ।
बिज्ञापन
बिज्ञापन