मंसिर १८ बेइजिङ : चीनले नेपाललाई करिब ९ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भएको मंगलबारको भेटवार्तामा, राष्ट्रपति सीले नेपाललाई ५०० मिलियन आरएमबी (करिब ९ अर्ब रुपैयाँ) सहयोग दिने घोषणा गरेका हुन्।
बिज्ञापन



प्रधानमन्त्रीको सचिवालयले यस सहयोगलाई नेपाल-चीन सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्त्वपूर्ण ठानेको छ। यो अनुदान नेपालमा पूर्वाधार विकास र आपसी साझेदारीलाई प्रोत्साहन दिने उद्देश्यले प्रदान गरिने अपेक्षा गरिएको छ।
बिज्ञापन



बिज्ञापन


