एनपीएलमा सुदूरपश्चिमको दबदबा: रोएल्सको अपराजित यात्रा

मंसिर २३ काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो सान उचालिरहेको छ। दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको टिमले लगातार तीन खेलमा जित दर्ता गर्दै ६ अंकसहित अंकतालिकाको शीर्ष स्थान सुरक्षित गरेको छ।

बिज्ञापन
No data was found
Oplus_131072

शनिबार भएको खेलमा रोएल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्‍यो। यस जितसँगै सुदूरपश्चिमले समान ६ अंक भएका जनकपुर बोल्ट्सलाई नेटरनरेटमा पछि पार्दै अग्रस्थानमा उक्लियो।

बिज्ञापन

सुदूरपश्चिमको अपराजित प्रदर्शन

बिज्ञापन

इंग्लिस खेलाडी सैफ अली जैबको सानदार प्रदर्शनको मद्दतले सुदूरपश्चिमले लुम्बिनीविरुद्ध १८७/४ को चुनौतीपूर्ण स्कोर खडा गर्‍यो। जैबले ९० रन बनाएर ब्याटिङमा चम्किनुका साथै बलिङमा पनि ३ विकेट लिए। ब्राण्डन म्याकमुलेन र स्कट कुगेलेइनले समान ३ र २ विकेट लिँदै टिमलाई बलिङतर्फ सशक्त बनाए।

Oplus_131072

मुख्य प्रशिक्षक जगत टमाटाले सबै खेलाडीले आफ्नो भूमिकाअनुसार उत्कृष्ट प्रदर्शन गरेका कारण जित सम्भव भएको बताए। उनका अनुसार, “हाम्रो टिमको नारा ‘सुदूरको सान, मैदानमा तुफान’ जस्तै प्रदर्शन गर्न सफल भयौं। यो जित सबै खेलाडी र सपोर्टिङ स्टाफको योगदानले सम्भव भएको हो।”

सैफ जैबको अलराउन्ड प्रदर्शन

सैफ जैबको प्रदर्शन यस प्रतियोगितामा टिमका लागि एक बलियो पक्ष बनेको छ। लुम्बिनीविरुद्ध उनले ६१ बलमा ९० रन बनाएर ब्याटिङलाई मझबुत बनाए। उनले विनोद भण्डारी, ब्राण्डन म्याकमुलेन र कप्तान दीपेन्द्रसँग महत्वपूर्ण साझेदारी गर्दै टिमलाई राम्रो स्कोरमा पुर्‍याए।

Oplus_131072

बलिङतर्फ पनि जैबले चार ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए। उनले रामोन सिमोण्ड्स र सूर्य तामाङजस्ता महत्वपूर्ण विकेट हात पारे। यस प्रदर्शनका लागि उनी खेलको प्लेयर अफ दि म्याच घोषित भए।

विदेशी खेलाडीको उत्कृष्ट प्रदर्शन

सुदूरपश्चिमका तीन विदेशी खेलाडीले बलिङतर्फ ८ विकेट लिए। स्कट कुगेलेइनले पहिलो ओभरमै दुई विकेट लिँदै लुम्बिनीलाई दबाबमा राखे भने ब्राण्डन म्याकमुलेनले दुई ओभरमा तीन विकेट लिएर विपक्षीको टप अर्डर ध्वस्त पार्न महत्वपूर्ण भूमिका खेले।

लुम्बिनीका विवेक यादवको संघर्ष

लुम्बिनीका लागि विवेक यादवले उत्कृष्ट प्रदर्शन गर्दै नटआउट ७७ रन बनाए। उनले ५४ बल खेल्दै ३ चौका र ७ छक्का प्रहार गरे। विवेकबाहेक अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। टिमका कप्तान रोहित पौडेल, उन्मुक्त चन्द र टम मुर्स जस्ता मुख्य ब्याट्सम्यान सस्तोमा आउट भएपछि लुम्बिनी संघर्षरत रह्यो।

 

सुदूरपश्चिम रोएल्सले ब्याटिङ र बलिङ दुवै क्षेत्रमा सन्तुलित प्रदर्शन गरिरहेको छ। कप्तान दीपेन्द्रले नेतृत्वदायी भूमिका निभाउनुका साथै टोलीका खेलाडीहरूको मनोबल उच्च राखेका छन्। प्रशिक्षक टमाटाले खेलाडीहरूको निरन्तर सुधारको प्रशंसा गर्दै प्रतियोगितामा अझ उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरे।

Oplus_131072

यस जितसँगै सुदूरपश्चिम रोएल्स एनपीएलको एक बलियो दाबेदार टिम बनेको छ। “सुदूरको सान, मैदानमा तुफान” नारासहित मैदानमा उत्रिएको यो टिमको यात्रा अझ रोचक हुँदै जाने देखिन्छ।

 

पढ्न छुटाउनु भयाे कि ?

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे

बागमती प्रदेश सरकारद्वारा ३ अर्बभन्दा बढी खर्च कटौती गर्ने निर्णय

नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक, डेटा सुरक्षित रहेको काउन्सिलको दाबी

राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभा अध्यक्ष दाहालको भेट, आईपीयू सम्मेलनबारे जानकारी

चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु, २ घाइते

वर्षातले बन्द भएको मेलम्चीको पानी पुनः काठमाडौँमा, तीन दिनको अन्तरमा पानी वितरण