आइतबारदेखि मौसममा परिवर्तन, कतै वर्षा र कतै हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागले आइतबार साँझदेखि नेपालभर मौसममा परिवर्तनको संकेत गरेको छ। विभागले जारी गरेको विशेष बुलेटिनअनुसार पश्चिमी वायुसँगै आएको न्यूनचापीय प्रणालीका कारण देशका धेरै ठाउँमा आंशिकदेखि साधारण बदली हुने सम्भावना छ।

बिज्ञापन
No data was found

हिमपात र वर्षाको सम्भावना

बिज्ञापन

आइतबार साँझदेखि सोमबार रातिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने अनुमान छ। गण्डकी, बागमती, र कोशी प्रदेशका केही उच्च भूभागमा पनि हल्का हिमपात हुनसक्ने जनाइएको छ।

बिज्ञापन

त्यसैगरी, सुदूरपश्चिम, कर्णाली, र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी र बागमती प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशका पहाडी क्षेत्रमा एकदुई ठाउँमा हल्का वर्षा हुने अनुमान छ।

तापक्रममा गिरावट

विभागले मौसम प्रणालीको प्रभावले तापक्रम घट्ने र चिसो बढ्ने चेतावनी दिएको छ। यसले जनजीवन, स्वास्थ्य, हवाई यातायात, र पर्वतारोहणमा असर पर्नसक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

विभागको अनुगमन

मौसम पूर्वानुमान महाशाखाले यस प्रणालीलाई नियमित अनुगमन गरिरहेको छ। दैनिक तीनदिने मौसम बुलेटिनमार्फत मौसमसम्बन्धी जानकारी अद्यावधिक गरिने बताइएको छ।

आजको मौसम

आज राति देशको पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि अन्य भागमा मौसम प्रायः सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा एकदुई ठाउँमा हल्का वर्षा वा हिमपात हुनसक्नेछ।

आइतबार बिहान कोशी प्रदेशलगायतका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य ठाउँमा मौसम प्रायः सफा रहनेछ। उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना कायमै छ।

स्रोत: रासस

 

पढ्न छुटाउनु भयाे कि ?

गोरूझैँ जोतिएर देशको सेवा गर्ने चाहना छ : विप्लव सी 

जेन–जेड आन्दोलनको मागमा विप्लव सीको समर्थन : राजनीतिक संकटको निकास सर्वपक्षीय सरकार

जेनजी आन्दोलनको नाममा आगजनी गर्नेहरूमाथि कारबाही माग

कम्युनिष्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी योजना सक्रिय रहेको विप्लव सीको दावी

रोसिङटनको शतकसँगै पोखराको दोस्रो जित, कर्णाली प्लेअफबाट बाहिर

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे