आइतबारदेखि मौसममा परिवर्तन, कतै वर्षा र कतै हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागले आइतबार साँझदेखि नेपालभर मौसममा परिवर्तनको संकेत गरेको छ। विभागले जारी गरेको विशेष बुलेटिनअनुसार पश्चिमी वायुसँगै आएको न्यूनचापीय प्रणालीका कारण देशका धेरै ठाउँमा आंशिकदेखि साधारण बदली हुने सम्भावना छ।

बिज्ञापन

हिमपात र वर्षाको सम्भावना

बिज्ञापन

आइतबार साँझदेखि सोमबार रातिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने अनुमान छ। गण्डकी, बागमती, र कोशी प्रदेशका केही उच्च भूभागमा पनि हल्का हिमपात हुनसक्ने जनाइएको छ।

बिज्ञापन

त्यसैगरी, सुदूरपश्चिम, कर्णाली, र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी र बागमती प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशका पहाडी क्षेत्रमा एकदुई ठाउँमा हल्का वर्षा हुने अनुमान छ।

तापक्रममा गिरावट

विभागले मौसम प्रणालीको प्रभावले तापक्रम घट्ने र चिसो बढ्ने चेतावनी दिएको छ। यसले जनजीवन, स्वास्थ्य, हवाई यातायात, र पर्वतारोहणमा असर पर्नसक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

विभागको अनुगमन

मौसम पूर्वानुमान महाशाखाले यस प्रणालीलाई नियमित अनुगमन गरिरहेको छ। दैनिक तीनदिने मौसम बुलेटिनमार्फत मौसमसम्बन्धी जानकारी अद्यावधिक गरिने बताइएको छ।

आजको मौसम

आज राति देशको पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि अन्य भागमा मौसम प्रायः सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा एकदुई ठाउँमा हल्का वर्षा वा हिमपात हुनसक्नेछ।

आइतबार बिहान कोशी प्रदेशलगायतका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य ठाउँमा मौसम प्रायः सफा रहनेछ। उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना कायमै छ।

स्रोत: रासस

 

पढ्न छुटाउनु भयाे कि ?

आमाको नामबाट नागरिकता पाउन दशकदेखि संघर्ष, अदालतकै आदेश पनि सुनुवाइबिहीन

गभर्नर नियुक्तिमा योग्यता होइन, ओली–देउवा सहमति मुख्य आधार

सभामुख र सरकारका प्रवक्ताका विवादास्पद अभिव्यक्तिले आन्दोलनरत शिक्षक थप निराश

आईपीएल २०२५: आज वाङ्खेडे स्टेडियममा मुम्बई र हैदराबाद आमनेसामने

२४ घण्टादेखि विद्युत अवरुद्ध, धनुषा, महोत्तरी र सर्लाहीका बासिन्दा समस्यामा

मन्त्रिपरिषद्को निर्णय: वैशाख १२ गते संसद् अधिवेशन आह्वानको सिफारिस

२५ करोड बराबरको विदेशी मुद्रा बरामद प्रकरण: ट्रक चालक र मालिकविरुद्ध मुद्दा दायर

ललितपुरमा दाइद्वारा बहिनीको हत्या, शव पानीको ट्यांकीमा फेला