आफ्नै उत्पादन प्रयोग गरि नेकपाको नवौं पुर्ण बैठक चलिरहेको छ बैठकले विप्लवद्धारा प्रस्तुत् राजनितिक प्रतिवेदन एकमतले पारीत गरेको छ

बिज्ञापन

आफ्नै उत्पादनमा आधारित नेकपाको आत्मनिर्भर बैठक
पुस, १ कपिलबस्तु : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आत्मनिर्भरता नीतिलाई व्यवहारमा उतार्दै कपिलवस्तुको शिवगढीमा आयोजित केन्द्रीय समिति बैठक पूर्णरूपमा आफ्नै उत्पादनमा आधारित राखेको छ। नेताहरूको पोसाकदेखि बैठकका लागि प्रयोग भएका खाद्य सामग्रीसम्म आफ्नै उत्पादनबाट व्यवस्थापन गरिएको नेकपाले जनाएको छ।

बिज्ञापन

पोसाकमा एकरूपता, गार्मेन्टको उत्पादन

बिज्ञापन


शिवगढीमा आयोजित बैठकमा सहभागी १४५ जना केन्द्रीय सदस्य आफ्नै गार्मेन्टमा उत्पादन गरिएको कालो कोट, पाइन्ट र सेतो सर्ट लगाएर उपस्थित भए। “नेताहरूको पोसाकमा एकरूपता देखियोस् भन्ने हाम्रो उद्देश्य हो। यसले आर्थिक रूपमा सस्तो मात्र होइन, उत्पादनमा आत्मनिर्भरता पनि देखाउँछ,” नेकपाका नेता राजकुमारी सीले भनिन्।

पार्टीले शिवगढीस्थित केन्द्रीय कार्यालयमा करिब ११ लाख रुपैयाँ लगानीमा गार्मेन्ट स्थापना गरेको छ। त्यस्तै, काठमाडौँको कपुरधारामा पनि अर्को गार्मेन्ट सञ्चालनमा छ। यी गार्मेन्टमार्फत पार्टीका सदस्यहरूका लागि आवश्यक पोसाक र ट्रयाक सुट तयार हुँदै आएका छन्। पार्टीले आगामी दिनमा यी गार्मेन्टहरूलाई व्यावसायिक रूपमा विस्तार गर्ने योजना बनाएको र काम चलिरहेको बताएको छ ।

खाद्य व्यवस्थापनमा आफ्नै उत्पादन
बैठकमा सहभागी सदस्यहरूको खानपिन व्यवस्थापनसमेत पार्टीकै उत्पादनमा आधारित रह्यो। पार्टीले आफ्नै खेतबारी र पशुपालनमा आधारित सामग्रीहरू प्रयोग गरेको छ। शिवगढीका बैठकका लागि प्रयोग गरिएका चामल, तरकारी, दाल, माछा, खसीबोका र बंगुरको मासु सबै पार्टीकै उत्पादन चलिरहेको छ।

राजकुमारीका अनुसार, पार्टीले हिमाल, पहाड र तराईमा गरी १६० बिघा जमिनमा खेती सञ्चालन गरेको छ। खेतीका लागि सबै केन्द्रीय सदस्यले मौसमअनुसार असार महिना अन्य राजनीतिक गतिविधि स्थगन गरेर उत्पादनमा केन्द्रित हुने व्यवस्था गरिएको छ। “यो हाम्रो आत्मनिर्भर अर्थतन्त्रको अभ्यास हो। यसले नेता–कार्यकर्ता सबैलाई उत्पादनमा संलग्न गराउँछ,” राजकुमारीले थपिन।

पशुपालन र माछापालनमा पार्टीको सक्रियता
नेकपाले केवल खेतीमै होइन, पशुपालन र माछापालनमा पनि सक्रियता देखाउँदै आएको छ। बैठकका लागि आवश्यक मासु र अन्य सामग्री पार्टीका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको बंगुर पालन, बाख्रापालन र माछापालन परियोजनाबाट उपलब्ध गराइएको थियो। उहाका अनुसार, यसबाट पार्टीलाई आर्थिक रूपमा सशक्त बनाउनुका साथै आत्मनिर्भर बन्ने दीर्घकालीन लक्ष्यमा सहयोग पुगेको छ।

आत्मनिर्भर अर्थतन्त्रको अभ्यास
नेकपाले कृषि, पशुपालन, उद्योग र उत्पादनलाई जोड्दै आत्मनिर्भर अर्थतन्त्रको अभ्यासलाई राजनितिक गतिविधिसँग जोडेको छ। पार्टीले राजनीतिक दर्शनमात्रै होइन, व्यवहारमा पनि उत्पादनमुखी सोच र ब्याबहारई अगाडि बढाएको छ। बैठकमा सहभागी सदस्यहरूले उत्पादनबाट भएको बचतले पार्टीलाई आर्थिक रूपमा मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

व्यावसायिक उत्पादनको तयारी
नेकपाले अहिले आफ्ना सदस्यहरूका लागि मात्रै उत्पादन गरे पनि यसलाई निकट भविष्यमा व्यावसायिक रूपमा विस्तार गर्ने तयारी गरेको छ। “आफ्नै उत्पादनले पार्टीलाई आर्थिक रूपमा सुदृढ बनाउने मात्र होइन, समाजमा पनि आत्मनिर्भरता र श्रमको सम्मानको सन्देश पुर्‍याउनेछ,” राजकुमारीले भनिन।

सकारात्मक संकेत

आफ्नै उत्पादनबाट बैठकको सम्पूर्ण व्यवस्थापन गरिएको यो अभ्यासले पार्टीको आत्मनिर्भरता र उत्पादनमुखी सोचलाई उजागर गरेको छ। यसले अन्य राजनीतिक दलहरूलाई पनि उत्पादन र श्रमलाई प्राथमिकतामा राख्न प्रेरित गर्न सक्छ।नेकपाको शिवगढी बैठकले उत्पादनमुखी सोच र आत्मनिर्भर अर्थतन्त्रको अभ्यासलाई मूर्त रूप दिएको छ। पोसाकदेखि खाद्यान्नसम्म आफ्नै उत्पादनमा आधारित व्यवस्थापनले पार्टीको दीर्घकालीन सोच र व्यवहारमा एकरुपता ल्याउने संकेत दिएको छ। यो अभ्यास अन्य राजनीतिक दल र समुदायका लागि पनि प्रेरणाको स्रोत बन्ने पक्का छ ।

 

पढ्न छुटाउनु भयाे कि ?

आमाको नामबाट नागरिकता पाउन दशकदेखि संघर्ष, अदालतकै आदेश पनि सुनुवाइबिहीन

गभर्नर नियुक्तिमा योग्यता होइन, ओली–देउवा सहमति मुख्य आधार

सभामुख र सरकारका प्रवक्ताका विवादास्पद अभिव्यक्तिले आन्दोलनरत शिक्षक थप निराश

आईपीएल २०२५: आज वाङ्खेडे स्टेडियममा मुम्बई र हैदराबाद आमनेसामने

२४ घण्टादेखि विद्युत अवरुद्ध, धनुषा, महोत्तरी र सर्लाहीका बासिन्दा समस्यामा

मन्त्रिपरिषद्को निर्णय: वैशाख १२ गते संसद् अधिवेशन आह्वानको सिफारिस

२५ करोड बराबरको विदेशी मुद्रा बरामद प्रकरण: ट्रक चालक र मालिकविरुद्ध मुद्दा दायर

ललितपुरमा दाइद्वारा बहिनीको हत्या, शव पानीको ट्यांकीमा फेला