प्रहरी द्धारा रबिलाई थप ४ दिन हिरासतमा राख्न अनुमति माग

पुस, २ काठमाडौं  : सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति माग गरिएको छ।

बिज्ञापन
No data was found

कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार मंगलबार अदालतमा रवि लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, र जीबी राईका सहयोगी लिला पछाईंलाई म्याद थपका लागि उपस्थित गराइएको हो। अदालतले म्याद दिनेबारे निर्णय गर्न बाँकी छ।

बिज्ञापन

यसअघि, सोमबार प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको थियो। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा ८४ दिनपछि सो प्रतिवेदन बुझाइएको हो। प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ, जसमा ३७ जना फरार छन्। प्रहरीको रायअनुसार, उनीहरुमाथि १ अर्ब ५१ करोड बिगो मागदाबी गरिएको छ।

बिज्ञापन

संसदीय समितिको प्रतिवेदनले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी लगायतका सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको र त्यसमा रवि लामिछानेको संलग्नता रहेको सिफारिस गरेको थियो।

यसै क्रममा छविलाल जोशीलाई ६ असोजमा र रवि लामिछानेलाई २ कात्तिकमा पक्राउ गरिएको थियो।

 

पढ्न छुटाउनु भयाे कि ?

गोरूझैँ जोतिएर देशको सेवा गर्ने चाहना छ : विप्लव सी 

जेन–जेड आन्दोलनको मागमा विप्लव सीको समर्थन : राजनीतिक संकटको निकास सर्वपक्षीय सरकार

जेनजी आन्दोलनको नाममा आगजनी गर्नेहरूमाथि कारबाही माग

कम्युनिष्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी योजना सक्रिय रहेको विप्लव सीको दावी

रोसिङटनको शतकसँगै पोखराको दोस्रो जित, कर्णाली प्लेअफबाट बाहिर

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे