ब्यवस्था भीडले चल्दैन सिस्टमले चल्छ : गृहमन्त्री लेखक

पुस, २ बुटवल : गृहमन्त्री रमेश लेखकले शासनव्यवस्था भीडले नभई विधि र सिस्टमले चल्ने बताएका छन्। पछिल्लो समय आर्थिक अपराध, रकम अपचलन र वित्तीय अपराधलाई ढाकछोप गर्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले यस्ता गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिए।

बिज्ञापन
No data was found

गृहमन्त्री लेखकले पछिल्ला दिनहरूमा प्रहरी कार्यालय, सरकारी वकिल कार्यालय र अदालतजस्ता स्थानहरूमा भीडले असर गर्ने प्रयास भइरहेको बताए। उनले यसलाई नियन्त्रण गर्न सुरक्षाकर्मीहरूको दायित्व रहेको भन्दै भने, “सत्ता कानुनले चल्छ, भीडले होइन। समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन।”

बिज्ञापन

संविधानको सुरक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्ने उल्लेख गर्दै गृहमन्त्रीले भने, “शान्तिसुरक्षा खलबलिने बित्तिकै मौलिक हक गुम्ने खतरा हुन्छ, त्यसैले लोकतन्त्रको आधार नै शान्ति र सुरक्षा हो।”

बिज्ञापन

लुम्बिनी प्रदेशको भैरहवामा गृह मन्त्रालय र आन्तरिक मामिला मन्त्रालयको संयुक्त आयोजनामा मंगलबारदेखि सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्रीले सीमा क्षेत्रका तस्करी र राजस्व चुहावट रोक्न विशेष ध्यान दिन निर्देशन दिए। उनले सीमापार अपराध, तस्करी तथा राजस्व चुहावट बढेको सूचनाको आधारमा गुनासो नउठोस् भन्ने अपेक्षा राखे।

गोष्ठीमा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवाल, गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका प्रमुख वसन्त कुँवर, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापासहित १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरूको उपस्थिति रहेको थियो।

 

पढ्न छुटाउनु भयाे कि ?

गोरूझैँ जोतिएर देशको सेवा गर्ने चाहना छ : विप्लव सी 

जेन–जेड आन्दोलनको मागमा विप्लव सीको समर्थन : राजनीतिक संकटको निकास सर्वपक्षीय सरकार

जेनजी आन्दोलनको नाममा आगजनी गर्नेहरूमाथि कारबाही माग

कम्युनिष्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी योजना सक्रिय रहेको विप्लव सीको दावी

रोसिङटनको शतकसँगै पोखराको दोस्रो जित, कर्णाली प्लेअफबाट बाहिर

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे