भीम रावलद्वारा ओलीकाविरुद्ध देशव्यापी अभियानको घोषणा

पुस, १२ काठमाडौं : एमालेबाट निष्कासित नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी र तानाशाही कदमविरुद्ध देशव्यापी भण्डाफोर अभियान चलाउने घोषणा गरेका छन्। शुक्रबार  पूर्वउपाध्यक्ष रावलले आफूलाई गरिएको व्यवहारको उजागर गर्दै ओलीको ‘तानाशाही दमन’विरुद्ध सशक्त अभियान चलाउने तयारीमा रहेको जानकारी दिए।

बिज्ञापन

रावलले भने, “केपी ओलीका निरंकुश गतिविधि राजनीतिक रूपमा सामना गरिन्छ। यो अभियानपछि नयाँ पार्टी खोल्नेबारे निर्णय लिनेछु।”

बिज्ञापन

एमाले सचिवालयले विवादास्पद निर्णयहरूमा असहमति जनाएपछि भीम रावलसहित तीन नेतालाई पार्टीबाट निष्कासित गरेको थियो। यसबारे एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, “रावलले पार्टीलाई कमजोर बनाउने गतिविधि र अभिव्यक्ति दिएकाले कारबाही गरिएको हो।”

बिज्ञापन

दसौं महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी रहेका रावलले वैधानिक भूमिकामा काम नगरेको आरोप लगाइएको छ।

रावलको अभियानको लक्ष्य र प्रभावबारे चासो बढ्दै
रावलले देशव्यापी अभियानले ओलीको नेतृत्वप्रति जनमतमा कस्तो प्रभाव पार्ला भन्ने विषयमा व्यापक चासो रहेको छ। नयाँ राजनीतिक मोर्चा गठनको सम्भावनाले पनि थप चर्चा पाएको छ।

 

पढ्न छुटाउनु भयाे कि ?

आमाको नामबाट नागरिकता पाउन दशकदेखि संघर्ष, अदालतकै आदेश पनि सुनुवाइबिहीन

गभर्नर नियुक्तिमा योग्यता होइन, ओली–देउवा सहमति मुख्य आधार

सभामुख र सरकारका प्रवक्ताका विवादास्पद अभिव्यक्तिले आन्दोलनरत शिक्षक थप निराश

आईपीएल २०२५: आज वाङ्खेडे स्टेडियममा मुम्बई र हैदराबाद आमनेसामने

२४ घण्टादेखि विद्युत अवरुद्ध, धनुषा, महोत्तरी र सर्लाहीका बासिन्दा समस्यामा

मन्त्रिपरिषद्को निर्णय: वैशाख १२ गते संसद् अधिवेशन आह्वानको सिफारिस

२५ करोड बराबरको विदेशी मुद्रा बरामद प्रकरण: ट्रक चालक र मालिकविरुद्ध मुद्दा दायर

ललितपुरमा दाइद्वारा बहिनीको हत्या, शव पानीको ट्यांकीमा फेला