सूर्यदर्शन सहकारी ठगी प्रकरणमा : रवि लामिछानेको बयान सकियो

सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि लामिछानेको बयान सकियो

बिज्ञापन

पुस, १२ पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आफ्नो बयान सकाएका छन्। जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा दुई दिनसम्म चलेको बयान शुक्रबार सम्पन्न भएको हो।

बिज्ञापन

अदालतका स्रेस्तेदार राजन खनालका अनुसार अहिलेसम्म छविलाल जोशी, लिला पछाईं र रवि लामिछानेको बयान सकिएको छ। अब नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्व सञ्चालक ललितबहादुर गुरूङ, र कृष्णबहादुर गुरूङको बयान लिने तयारी छ। तर, कृष्णबहादुर गुरूङ बिरामी भएकाले उनको बयान अदालतमा हुन नसक्ने सम्भावना रहेको प्रहरी स्रोतले जनाएको छ।

बिज्ञापन

अदालतले सबै प्रतिवादीहरूको बयान सकिएपछि थुनछेक बहस र आदेश दिने तयारी गरिरहेको छ।

गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलन, संगठित अपराध, र सम्पत्ति शुद्धिकरणको आरोपमा रास्वपा सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

हालसम्म सूर्यदर्शन सहकारी प्रकरणमा ६३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। तीमध्ये १९ जनाविरुद्ध संगठित अपराधको मुद्दा र लामिछानेसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा चलाइएको सरकारी वकिलको कार्यालयले जनाएको छ।

प्रकरणले सहकारीको व्यवस्थापन, आर्थिक अनियमितता, र राजनीतिक व्यक्तिहरूको भूमिकामा गम्भीर प्रश्न खडा गरेको छ। घटनाको थप अनुसन्धान र कानूनी प्रक्रिया जारी रहेको छ।

 

पढ्न छुटाउनु भयाे कि ?

आमाको नामबाट नागरिकता पाउन दशकदेखि संघर्ष, अदालतकै आदेश पनि सुनुवाइबिहीन

गभर्नर नियुक्तिमा योग्यता होइन, ओली–देउवा सहमति मुख्य आधार

सभामुख र सरकारका प्रवक्ताका विवादास्पद अभिव्यक्तिले आन्दोलनरत शिक्षक थप निराश

आईपीएल २०२५: आज वाङ्खेडे स्टेडियममा मुम्बई र हैदराबाद आमनेसामने

२४ घण्टादेखि विद्युत अवरुद्ध, धनुषा, महोत्तरी र सर्लाहीका बासिन्दा समस्यामा

मन्त्रिपरिषद्को निर्णय: वैशाख १२ गते संसद् अधिवेशन आह्वानको सिफारिस

२५ करोड बराबरको विदेशी मुद्रा बरामद प्रकरण: ट्रक चालक र मालिकविरुद्ध मुद्दा दायर

ललितपुरमा दाइद्वारा बहिनीको हत्या, शव पानीको ट्यांकीमा फेला