पुष १६, काठमाडौँ : नेकपाका महासचिव विप्लव सी ले नेपालमा दलाल पुँजीवाद र साम्राज्यवादले अर्थतन्त्र परनिर्भर बनाएको भन्दै यसको समाधानका लागि आफुले नयाँ आर्थिक मार्ग ल्याएको वताएका छन ।






उनले नेपालको माटो, स्रोत, र साधनको अधिकतम उपयोग गरेर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिएका छन । राजधानिको कमलाधिमा भएको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन । नवौं केन्द्रीय समितिको छैटौं पुर्ण बैठकका निर्णयहरू सार्वजनिक गर्दै महासचिव विप्लवले यस्तो धारणा राखेका हुन ।



बैठकले गरेका निर्णयहरु
१. विचारको संश्लेषण ।
२. राष्ट्रघात, भ्रष्टाचार, र कमिसन प्रणालीविरुद्ध संघर्ष गर्ने
३ पार्टीलाई दर्ता गरी क्रान्तिको एक मोर्चाको रूपमा आगामी २०८४ को निर्वाचनलाई उपयोग गर्ने।
४ माओवादी क्रान्तिकारी शक्तिहरूसँग सहकार्य र एकता निर्माण गर्ने।
५. पूर्व मेचि देखि पश्चिम महाकाली सम्म अभियान सञ्चालन गर्ने।
६. सांस्कृतिक क्रान्ति र प्रगतिशील मञ्च निर्माण गर्ने।कोशी प्रदेशको नामकरणमा सुझाव
महासचिव विप्लवले कोशी प्रदेशलाई “किराँत-लिम्बुवान प्रदेश” नामकरण गर्नुपर्ने धारणा राखे। उनले पहिचानको आधारमा नामकरण हुनुपर्नेमा जोड दिँदै संविधान निर्माणका क्रममा माओवादीले उठाएका पहिचानका मुद्दाहरू ओझेलमा परेको उल्लेख गरे।
सहकारी पीडितको पक्षमा पार्टीको अडान
सहकारी ठगीका घटनाप्रति पार्टी गम्भीर रहेको बताउँदै महासचिव विप्लवले सहकारी पीडितलाई न्याय दिलाउन कार्यदल गठन गरिएको जानकारी गराए। उनले सहकारीमा सामान्य जनताले जम्मा गरेको रकमबाट ठूलो तलब खाने काम सहकारी सिद्धान्तको विरुद्ध भएको भन्दै त्यसविरुद्ध सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताए।
महासचिवले सहकारी ठगीमा मुछिएका दोषीहरूलाई कानूनी दायरामा ल्याउन र पीडितलाई क्षतिपूर्ति दिलाउन सरकारलाई तत्काल कारबाही थाल्न आग्रह गरेका छन्
महासचिव विप्लवको वक्तव्यले पार्टीको लक्ष्य, रणनीति, र आगामी योजना स्पष्ट पार्दै क्रान्तिकारी शक्तिहरूबीच सहकार्य र एकताको माध्यमबाट मुलुकलाई नयाँ राजनीतिक र आर्थिक दिशा दिन खोजिएको संकेत गर्दछ
।