गगन र विश्वप्रकाशको सत्ता मोह : युवा भए पनि चेतना बुढो

नेपाली कांग्रेसका युवा नेताहरू भनिएपनि गगन थापा र विश्वप्रकाश शर्माको पछिल्लो राजनीतिक अभिव्यक्ति र सत्ता हासिल गर्ने हतारले नेपाली राजनीति थप अन्योलतर्फ धकेलिएको छ। यिनिहरुको नयाँ बिचार र योजना केही देखिदैन । विपीले ल्याईदिएको सिद्धान्तमा हेरफेर नै गर्न नसक्ने चेेतना कुनै नयाँ नभै पुरानै बिचार हो जुन संस्कारले जस्ले नेतृत्व गरेपनि त्यो पुरानै समस्यामा गोज्याङ् खााने निस्चित छ ।

बिज्ञापन

गगन थापा र विश्वप्रकाश शर्माले संविधान संशोधनमार्फत निर्वाचनमा सबैभन्दा धेरै लोकप्रिय मत पाउने दललाई पाँच वर्षसम्म सरकार सञ्चालनको विशेषाधिकार दिनुपर्ने प्रस्ताव राखेका छन्। यो प्रस्ताव कांग्रेस पुरानै चेतनाको निरन्तरता हो यसले संसदीय प्रणालीलाई केही फरक पार्ने छैन ।

राजनीतिलाई आत्मरति र व्यक्तिगत महत्वाकांक्षाको माध्यम बनाउँदै नेताहरूले लोकतान्त्रिक सिद्धान्तहरूको अवमूल्यन गरिरहेका छन्। युवा नेताहरूले लोकप्रियतावादको समर्थन गर्दै देशमा दक्षिणपन्थी प्रवृत्ति बलियो बनाउने खतरा पनि निम्त्याइरहेका छन्।

थापाले कांग्रेसलाई बहुमत प्राप्त गराउन योजना बनाउनुभन्दा सहज तरिका अपनाउन खोज्नु र वैचारिक स्पष्टतामा भन्दा छिटो सत्तामा पुग्ने उपाय खोज्नु आश्चर्यजनक छ। यसले नेपाली राजनीतिमा दीर्घकालीन अस्थिरता र लोकतान्त्रिक मूल्यहरूको क्षयीकरण निम्त्याउने सम्भावना देखिन्छ।

यो स्थिति सत्ता र शक्तिको छटपटीले निर्देशित राजनीतिले देशलाई गम्भीर राजनीतिक संकटतर्फ लैजाने संकेत हो। नेता र जनताले अहिले जिम्मेवारीपूर्वक सोच्न आवश्यक छ, नयाँ पगरी गुथेपनि सोच पुरानै छ । यो तरिकाले न सिस्टम च्यान्ज न समाजवादी व्यवस्था आउछ यो गतिबिधिले त कांग्रेसले भन्दै आएको लोन्त्रको मर्म जोगाउने सामान्ने संकेतपनि देखिदैन

उमेरले युवा होईन चेेतना र बिचारले युवा हुन जरुरी हुन्छ बिचारमा उमेरले कुनै प्रभाव रहदैन । कैयौ युवा भनिएकाहरु निरासावादका सिकार भएका छन तर उमेरमा बुढा भएपनि उनिहरु परिबर्तनका लगि अहिले पनि बोलिरहेका छन आसावाद वाँडीरहेका छन यीनिहरु उमेरमा बुढा भएपनि बिचारमा युवा भएको  पुष्टि हुन्छ ।

 

पढ्न छुटाउनु भयाे कि ?

प्रधानमन्त्री ओलीविरुद्धको अदालत अवहेलनासम्बन्धी रिटको सुनुवाइ आज

समाजवादका लागि संविधान संशोधन आवश्यक: महासचिव विप्लव

वेलुन पड्कदा घाइते भएका अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

पश्चिम नेपालमा वर्षा र हिमपात, काठमाडौंमा के होला?

शोरुमबाट चोरी भएको गाडी : पेट्रोल हाल्दै गर्दा पक्राउ

ट्रम्प प्रशासनको आप्रवासन नीति: अमेरिकाबाट थप २० नेपाली डिपोर्

अक्षरारम्भ र बाल मनोविज्ञान: सिकाइको पहिलो पाइला कसरी सकारात्मक बनाउने?

समाजवादी मोर्चाद्वारा चैत्र २४ गते काठमाडौंमा वृहत् आमसभाको घोषणा