सरकारको आयु धेरै छैन : प्रचण्ड

माघ१,काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार छिट्टै ढल्ने दाबी गरेका छन्। सिन्धुपाल्चोकको सुकुटेमा मंगलबार आयोजित पत्रकार भेटघाटमा प्रचण्डले वर्तमान सरकारलाई असंवैधानिक र अप्राकृतिक संज्ञा दिँदै यसको दीर्घायुमा शंका व्यक्त गरे।

बिज्ञापन

सुकुटेमा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्न पुगेका दाहालले भने, “यो सरकार टिकिरहोस् भन्ने हाम्रो चाहना छैन। म मिति घोषणा गर्न सक्दिनँ, तर यसको आयु धेरै छैन।”

उनले आफ्नो पार्टी अहिले सरकार गिराउने वा सरकारमा जाने अभ्यासमा नरहेको स्पष्ट पारे। उनका अनुसार, सरकारको क्रियाकलाप र नियतले गर्दा यो सरकार लामो समय टिक्न नसक्ने देखिएको छ।

असंवैधानिक र अप्राकृतिक सरकार
पूर्व प्रधानमन्त्री दाहालले संसद् छलेर अध्यादेशमार्फत देश चलाउने प्रयास गरिएको भन्दै सरकारको आलोचना गरे। उनले दुई तिहाइको सरकार भए पनि संविधानको एक धारालाई छलेर अर्को प्रयोग गरी सरकार बनाइएको बताए। यसै कारण यो सरकार असंवैधानिक र अप्राकृतिक भएको उनको तर्क थियो।

“यो निरीह सरकार हो,” दाहालले थपे, “जनतासँग टाढा रहेको र अध्यादेशको भरमा टिक्न खोजिरहेको सरकारले लामो समय चल्न सक्दैन।”

प्रचण्डका यी भनाइहरूले वर्तमान सरकारप्रति माओवादी केन्द्रको असन्तोष झल्काएको छ।

 

पढ्न छुटाउनु भयाे कि ?

प्रधानमन्त्री ओलीविरुद्धको अदालत अवहेलनासम्बन्धी रिटको सुनुवाइ आज

समाजवादका लागि संविधान संशोधन आवश्यक: महासचिव विप्लव

वेलुन पड्कदा घाइते भएका अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

पश्चिम नेपालमा वर्षा र हिमपात, काठमाडौंमा के होला?

शोरुमबाट चोरी भएको गाडी : पेट्रोल हाल्दै गर्दा पक्राउ

ट्रम्प प्रशासनको आप्रवासन नीति: अमेरिकाबाट थप २० नेपाली डिपोर्

अक्षरारम्भ र बाल मनोविज्ञान: सिकाइको पहिलो पाइला कसरी सकारात्मक बनाउने?

समाजवादी मोर्चाद्वारा चैत्र २४ गते काठमाडौंमा वृहत् आमसभाको घोषणा