माघ ५, सुर्खेत : नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले वर्तमान ओली नेतृत्वको सरकारलाई मालिक र दलालहरूको हतियारको रूपमा टिप्पणी गरेका छन्। सुर्खेतमा आयोजित राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारलाई नेपाली जनताको भावनालाई बेवास्ता गरी साम्राज्यवादी स्वार्थका लागि प्रयोग गरिएको गोटीको संज्ञा दिए।




वर्तमान सरकारप्रति आलोचना



महासचिव विप्लवले सरकार नेपाली जनताको होइन, अमेरिकी साम्राज्यवादी मालिक र स्थानीय दलालहरूको मात्रै भएको दाबी गरे। उनले भने, “यो सरकार नेपाली जनताको सरकार होइन, जनताको सत्ता अझै आइसकेको छैन।”




उनले वर्तमान दलाल राजनीति र भ्रष्टाचारले देशलाई आत्मनिर्भर बनाउन असफल भएको भन्दै त्यसको विकल्प समाजवादी अर्थतन्त्र रहेको धारणा राखे। विप्लवका अनुसार नेपालको प्रमुख समस्या दलाल पुँजीवाद हो, जसले देशको स्रोत र साधनको दुरुपयोग गर्दै आएको छ।
नेपाल कम्युनिष्ट पार्टीको भिजन
महासचिव विप्लवले पार्टीको फरक आर्थिक दृष्टिकोण रहेको उल्लेख गर्दै आत्मनिर्भरता र उत्पादनको माध्यमबाट देशलाई समृद्ध बनाउन लागिरहेको बताए। “हाम्रो पार्टी चन्दा संकलनमा निर्भर छैन, हामी उत्पादन, व्यापार, र उद्योगतिर जाँदै छौँ,” उनले भने।
उनले नेपालको समस्या समाधानको लागि दलाल पुँजीवादबाट मुक्त भएर नेपाली विशेषताको समाजवादतर्फ जाने विकल्प मात्र बाँकी रहेको स्पष्ट पारे। “समाजवाद बाहेक अर्को विकल्प छैन, हामी यसका लागि बहस र संघर्ष गर्न तयार छौँ,” विप्लवले थपे।
माओवादी एकता र क्रान्तिको झण्डा
माओवादी केन्द्रसँग एकताको सन्दर्भमा महासचिव विप्लवले अहिलेका नेताहरू क्रान्तिको झण्डा छोडेर अवसरवादी राजनीतिमा लागेको आरोप लगाए। उनले भने, “क्रान्तिको झण्डा उठाउनेहरूले आत्मआलोचना गर्नु पर्ने होइन। एकता तत्काल सम्भव छैन, तर सहकार्यको सम्भावना छ।”
जलविद्युत र कर्णालीको योगदान
विप्लवले माथिल्लो कर्णाली जलविद्युत आयोजना नेपाली जनताको लगानीमा निर्माण गर्नुपर्ने र भारतलाई कुनै हालतमा