समाजवादी मोर्चाद्वारा चैत्र २४ गते काठमाडौंमा वृहत् आमसभाको घोषणा

 माघ १६ काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टी सम्मिलित समाजवादी मोर्चा नेपाल ले चैत्र २४ गते काठमाडौंमा वृहत् आमसभा गर्ने भएको छ।

बुधबार अपराह्न नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, आलोकनगरमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो। नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीका अनुसार, मोर्चाले आगामी दिनमा विभिन्न चरणका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ।

बिज्ञापन

बैठकमा देशभरका सातै प्रदेशमा विचार सभा आयोजना गर्ने निर्णय समेत गरिएको छ। साथै,

बिज्ञापन
  • पहिल्यै समाजवादी मोर्चा गठन भएका जिल्लाहरूमा नेपाल समाजवादी पार्टीलाई समावेश गरी पुनर्गठन गर्ने,
  • अझै गठन गर्न बाँकी रहेका जिल्लाहरूमा नयाँ मोर्चा गठन गर्ने,
  • चैत पहिलो सातामा मधेश प्रदेशमा विशेष सभा गर्ने,
  • उक्त सभाको तयारीको जिम्मेवारी नेपाल समाजवादी पार्टीलाई दिने निर्णय भएको छ।

त्यसैगरी, बैठकले नेकपा (कम्युनिस्ट पार्टी) का महासचिव विप्लव सीलाई समाजवादी मोर्चा नेपालको संयोजकका रूपमा निरन्तरता दिने निर्णय गरेको छ। विचार मिल्ने अन्य दलहरूलाई समेत मोर्चामा समेट्न अधिकतम पहल गर्ने विषयमा छलफल भएको बताइएको छ।

बिज्ञापन

बैठकमा मंगलबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार’ विषयक विचार सभाको समीक्षा गर्दै समाजवादी मोर्चाप्रति जनआकर्षण बढ्दै गएको निष्कर्ष निकालिएको थियो। मोर्चालाई राष्ट्रिय वैकल्पिक शक्ति बनाउने रणनीतिबारे समेत छलफल भएको जनाइएको छ।

पढ्न छुटाउनु भयाे कि ?

त्रिवि सिनेटमा प्रतिनिधित्वको माग गर्दै नेविसंघको सडक अवरुद्ध

झ्याप्ले खोलामा पहिरो रोकथाम र सडक पुनर्निर्माण तीव्र, ८० प्रतिशत कालोपत्रे सकियो

भिजिट भिसा प्रकरणमा छानबिन नहुँदा रास्वपा र राप्रपाको प्रतिनिधिसभा बैठक बहिस्कार

त्रिवि सर्भर डाउन : आवेदन दिन नपाएका सेवाग्राही समस्यामा

गुल्मीमा हावाहुरीका कारण विद्युत सेवा अवरुद्ध, जनजीवन प्रभावित

इजरायली आक्रमणमा इरानी राष्ट्रपति मासुद पेजेश्कियन घाइते, खामेनीसमेत लक्षित

सङ्खुवासभाको नुम क्षेत्रमा भारी वर्षा : साना खोलामा आकस्मिक बाढी र पहिरोको उच्च जोखिम

टिकटक लाइभमा गालीगलौज गर्ने युवती पक्राउ : अभद्र व्यवहार मुद्दामा अनुसन्धान जारी