सिरहा बलात्कार घटना : किटानी आरोपित फरार, ४ जना नियन्त्रणमा

सिरहा बलात्कार घटना : किटानी आरोपित फरार, ४ जना नियन्त्रणमा

सिरहा — सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको बलात्कार र शंकास्पद मृत्यु प्रकरणमा किटानी जाहेरी परेका सबै आरोपित फरार रहेका छन्, भने प्रहरीले शंकास्पद चार जनालाई नियन्त्रणमा लिएको छ।

बिज्ञापन

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी सिरहा र इलाका प्रहरी लहानको तीन टोलीले आरोपितहरूको खोजी जारी राखेको छ। अनुसन्धान संयोजक एसएसपी शान्तिराज कोइरालाका अनुसार अहिलेसम्म चार जनालाई नियन्त्रणमा लिइएको छ, जसमा पञ्चायती भूमिका खेल्ने र आरोपितसँग निकट रहेका व्यक्ति रहेका छन्। प्रहरीले शंकास्पद व्यक्तिहरूसँग सोधपुछ गर्दै प्रमाण संकलन गरिरहेको छ।

बिज्ञापन

घटनाक्रम

माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकुकुमारीलाई गाउँकै रूपेश मण्डल, चन्दन साह, र रामविनय मण्डलले अपहरण गरी सामूहिक बलात्कार गरेका थिए। तर, पीडितलाई प्रहरीसम्म पुर्‍याउने सट्टा वडा सदस्य नथुनी साह, रामपुकार मण्डल, रामपृत साह, रामकृपाल मण्डल र विन्देश्वर मण्डलसहितका व्यक्तिहरूले गाउँमै पञ्चायती राखेर घटना मिलाउन खोजेका थिए।

बिज्ञापन

माघ २९ र ३० गते भएको पञ्चायतीले पीडकहरूबाट १ लाख ४० हजार रुपैयाँ जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो। तर, रकम भुक्तानीका विषयमा विवाद भएपछि माघ ३० गते साँझ रिंकुकुमारी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परिन्।

कानुनी प्रक्रिया

पीडित परिवारले चार जनाविरुद्ध जबरजस्ती करणी तथा कर्तव्य ज्यानमा जाहेरी दर्ता गराउन खोजे पनि इलाका प्रहरी लहानले प्रारम्भमा आत्महत्या दुरुत्साहनको मात्रै मुद्दा दर्ता गरेको थियो। घटना सञ्चारमाध्यममा आएपछि प्रहरीले पुनः कर्तव्य ज्यान, जबरजस्ती करणी, शरीर बन्धक तथा लेनदेन मिलापत्र गरी चारवटा कसुरमा पूरक जाहेरी दर्ता लिएको छ। जाहेरीमा तीन जनालाई सामूहिक बलात्कारको आरोपमा तथा पाँच जनालाई पञ्चायतीमार्फत घटना मिलाउन खोजेको आरोपमा किटानी गरिएको छ।

पोस्टमार्टम र फरेन्सिक रिपोर्ट प्राप्त हुन बाँकी रहेकाले अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ।

पढ्न छुटाउनु भयाे कि ?

आमाको नामबाट नागरिकता पाउन दशकदेखि संघर्ष, अदालतकै आदेश पनि सुनुवाइबिहीन

गभर्नर नियुक्तिमा योग्यता होइन, ओली–देउवा सहमति मुख्य आधार

सभामुख र सरकारका प्रवक्ताका विवादास्पद अभिव्यक्तिले आन्दोलनरत शिक्षक थप निराश

आईपीएल २०२५: आज वाङ्खेडे स्टेडियममा मुम्बई र हैदराबाद आमनेसामने

२४ घण्टादेखि विद्युत अवरुद्ध, धनुषा, महोत्तरी र सर्लाहीका बासिन्दा समस्यामा

मन्त्रिपरिषद्को निर्णय: वैशाख १२ गते संसद् अधिवेशन आह्वानको सिफारिस

२५ करोड बराबरको विदेशी मुद्रा बरामद प्रकरण: ट्रक चालक र मालिकविरुद्ध मुद्दा दायर

ललितपुरमा दाइद्वारा बहिनीको हत्या, शव पानीको ट्यांकीमा फेला