बर्खास्तीपछि कुलमान घिसिङको पहिलो प्रतिक्रिया: सरकारको निर्णयले काम गर्ने कर्मचारीलाई निराश बनायो

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएपछि कुलमान घिसिङले पहिलोपटक आफ्नो भनाइ सार्वजनिक गरेका छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सरकारको निर्णयले काम गर्ने कर्मचारीलाई हतोत्साहित बनाएको बताए।
घिसिङले एक जिम्मेवार नागरिकको रूपमा आफ्नो भूमिकामा कहिल्यै कमी नआउने प्रतिबद्धता व्यक्त गरे। उनले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले आफूमाथि अनावश्यक नैतिक प्रश्न उठाएको आरोप लगाए।
पत्रकार सम्मेलनमा बोल्दै घिसिङले प्राधिकरणलाई बक्यौता असुल गर्न अवरोध सिर्जना गरिएको र विद्युत्मा आत्मनिर्भर बनाउने आफ्नो प्रयासमा बाधा पुर्‍याइएको बताए। उनले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल उठाउने आफ्नो प्रयासलाई सरकारले रोकेको र यही कारणले आफूलाई पदबाट हटाइएको दाबी गरे।
घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्य गरेको, संस्थालाई नाफामा लगेको, विद्युत् सेवाको पहुँच विस्तार गरेको र पूर्वाधार विकासमा महत्वपूर्ण काम गरेको विस्तृत विवरण प्रस्तुत गरे। उनले यी सबै सफलता प्राधिकरणका कर्मचारी, सरकार र आम नागरिकको सहयोगले सम्भव भएको बताए।
उनले भने, “म विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्र विदा भएको हुँ, एक जिम्मेवार नागरिकको रूपमा मेरो काम, कर्तव्य र अभिभारा कहिल्यै कम हुने छैन।”
घिसिङले भविष्यमा पनि राष्ट्र निर्माणमा आफ्नो योगदान जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

बिज्ञापन
No data was found

पढ्न छुटाउनु भयाे कि ?

गोरूझैँ जोतिएर देशको सेवा गर्ने चाहना छ : विप्लव सी 

जेन–जेड आन्दोलनको मागमा विप्लव सीको समर्थन : राजनीतिक संकटको निकास सर्वपक्षीय सरकार

जेनजी आन्दोलनको नाममा आगजनी गर्नेहरूमाथि कारबाही माग

कम्युनिष्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी योजना सक्रिय रहेको विप्लव सीको दावी

रोसिङटनको शतकसँगै पोखराको दोस्रो जित, कर्णाली प्लेअफबाट बाहिर

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे