ललितपुर, चैत २२ गते, शुक्रबार, माओवादी केन्द्रका प्रदेश सदस्य दिलिप श्रेष्ठसहित १४ जना नेकपामा प्रवेश गरेका छन्। ललितपुरको हरिसिद्धिस्थित विप्लव सी निवासमा आयोजित कार्यक्रममा उनीहरुलाई नेकपा महासचिव विप्लव, स्थायी कमिटी सदस्य सिलु र गोरखा जिल्ला इन्चार्ज कपिलले अविर र खादा लगाएर स्वागत गरेका हुन्।
समाजवादी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष टेकले सञ्चालन गरेको कार्यक्रममा महासचिव विप्लवले सबैतिरबाट असल मानिसहरु एक हुनुपर्ने बताए। उनले माओवादीको छुट्टै आदर्श भएको पार्टी भएको उल्लेख गर्दै आज एक इँटा थपिएको र नेपालमा आशा जगाउनुपर्ने धारणा राखे।
पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्दै विप्लवले उनीहरुको सक्रियताले पार्टीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे। कार्यक्रममा नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
बिज्ञापन
No data was found