विषालु हावाले घेरेको काठमाडौं, जीवनकै लागि खतरनाक वायु प्रदूषण

काठमाडौं उपत्यका अहिले एक भयावह वातावरणीय संकटबाट गुज्रिरहेको छ। हरेक साससँगै शरीरभित्र छिरिरहेको धुलो, धुवाँ र विषालु कणहरूले राजधानीवासीको स्वास्थ्यलाई गम्भीर जोखिममा पार्दैछन्। वायुमण्डलको सतहमै बाक्लिँदै गएको प्रदूषणको मात्रा यति उच्च छ कि साँस फेर्न समेत डर लाग्न थालेको छ।

बिज्ञापन
No data was found

विशेषज्ञहरूका अनुसार, चिसो मौसममा ‘टेम्परेचर इनभर्सन’को कारणले धुलो र धुवाँ माथि उड्न नसकेर जमिनमै अड्किन्छ, जसले गर्दा बिहान, साँझ र रातिको समयमा प्रदूषणको मात्रा अत्यधिक बढ्छ।

बिज्ञापन

बिहीबार बिहान काठमाडौंको वायु प्रदूषण सूचकांक (AQI) ३७३ मा पुगेको थियो। यो स्तर “Hazardous” अर्थात् ‘अत्यन्त खतरनाक’ श्रेणीमा पर्छ, जहाँ शारीरिक रूपमा तन्दुरुस्त व्यक्ति समेत प्रभावित हुन सक्छन् भने बालबालिका, वृद्धवृद्धा र बिरामीहरूका लागि यो अत्यन्तै घातक हुन्छ।

बिज्ञापन

यसबाहेक, अन्तर्राष्ट्रिय संस्था IQAir को वेबसाइट अनुसार, गत सोमबारदेखि काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा रहेको छ। यसले दिल्ली, ढाका, लाहोरजस्ता प्रदूषणका लागि बदनाम ठूला सहरहरूलाई समेत पछि पारेको छ।

काठमाडौंको यो अवस्था केवल वातावरणीय संकट मात्र होइन, यो सार्वजनिक स्वास्थ्यको आपतकालीन स्थिति हो। लगातारको धूलो, धुवाँ र सवारी साधनबाट निस्किने ग्यासहरूले हरेक नागरिकको स्वास्थ्यमाथि प्रत्यक्ष आक्रमण गरिरहेका छन्।

यदि तत्काल प्रभावकारी कदमहरू नलिइएमा, यसको दीर्घकालीन असर निकै भयावह हुने स्पष्ट छ। मास्क लगाउने, घरबाहिरको गतिविधि न्यून गर्ने, र सरकार तथा स्थानीय निकायबाट आवश्यक नीति र कार्यान्वयन सुनिश्चित गराउने जस्ता उपायहरू अविलम्ब चाल्नुपर्ने अवस्था आएको छ।

पढ्न छुटाउनु भयाे कि ?

गोरूझैँ जोतिएर देशको सेवा गर्ने चाहना छ : विप्लव सी 

जेन–जेड आन्दोलनको मागमा विप्लव सीको समर्थन : राजनीतिक संकटको निकास सर्वपक्षीय सरकार

जेनजी आन्दोलनको नाममा आगजनी गर्नेहरूमाथि कारबाही माग

कम्युनिष्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी योजना सक्रिय रहेको विप्लव सीको दावी

रोसिङटनको शतकसँगै पोखराको दोस्रो जित, कर्णाली प्लेअफबाट बाहिर

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे