नवलपरासी, चैत्र २३ – पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने दाउन्ने खण्डमा पछिल्ला केही दिनदेखि निरन्तरको जामले यात्रुहरुको यात्रा कष्टपूर्ण बनेको छ। सडक विस्तारको काममा भइरहेको ढिलाइका कारण यस क्षेत्रमा यसअघि देखि नै आवागमनमा समस्या भइरहेको थियो। तर, पछिल्ला दिनहरुमा निर्माणाधीन क्षेत्रमा सवारी साधन बिग्रिएपछि वैकल्पिक मार्ग नहुँदा घण्टौंसम्म जाम हुने गरेको छ।यस जामका कारण यात्रुहरुले आफ्नो गन्तव्यमा पुग्न दोब्बरभन्दा बढी समय खर्चिनुपरेको छ। सामान्यतया दाङ-काठमाडौं यात्रा १२ घण्टामा पूरा हुने भए पनि अहिले १८ देखि २४ घण्टासम्म लाग्ने गरेको यात्रुहरुले बताएका छन्।लामो समयसम्म जाममा बस्नुपर्दा यात्रुहरुले सास्ती खेप्नुपरेको छ। खानेपानी, शौचालय लगायतका आधारभूत आवश्यकता समेत पूरा गर्न कठिन भएको उनीहरुको गुनासो छ। यात्रा कष्टपूर्ण भए पनि यसको वैकल्पिक निकासका लागि सरकारले कुनै ध्यान नदिएको भन्दै यात्रुहरुले आक्रोश व्यक्त गरेका छन्।सडक विभाग र सम्बन्धित निकायले तत्काल जाम हटाउने र भविष्यमा यस्ता समस्या आउन नदिन उचित कदम चाल्नुपर्ने देखिन्छ। साथै, निर्माणाधीन सडकको कामलाई तीव्रता दिई यात्रुहरुलाई सहज यात्राको व्यवस्था मिलाउनु आवश्यक छ।


