बैतडीमा जीप दुर्घटना, ४ घाइते, एकको अवस्था गम्भीर

बैतडी, चैत्र २३
बैतडीको दशरथचन्द नगरपालिका-११ नानिगाडमा शुक्रबार राति जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। देहीमाण्डौंबाट गिरेगडातर्फ जाँदै गरेको बि.ए.सी ५६५९ नम्बरको जीप सडकबाट करिब ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका-६ घर भएका ३५ वर्षीय जीप चालक राकेश कोली, सोही ठाउँका ५२ वर्षीय लालीराम कोली, पञ्चेश्वर-५ का ५४ वर्षीय चन्चले दयाल र दशरथचन्द नगरपालिका-१० की अन्दाजी ३० वर्षीया कविता परियार घाइते भएका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।
घाइतेमध्ये चञ्चले दयालको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। सबै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ।

बिज्ञापन
No data was found

पढ्न छुटाउनु भयाे कि ?

गोरूझैँ जोतिएर देशको सेवा गर्ने चाहना छ : विप्लव सी 

जेन–जेड आन्दोलनको मागमा विप्लव सीको समर्थन : राजनीतिक संकटको निकास सर्वपक्षीय सरकार

जेनजी आन्दोलनको नाममा आगजनी गर्नेहरूमाथि कारबाही माग

कम्युनिष्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी योजना सक्रिय रहेको विप्लव सीको दावी

रोसिङटनको शतकसँगै पोखराको दोस्रो जित, कर्णाली प्लेअफबाट बाहिर

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे