बैतडीमा जीप दुर्घटना, ४ घाइते, एकको अवस्था गम्भीर

बैतडी, चैत्र २३
बैतडीको दशरथचन्द नगरपालिका-११ नानिगाडमा शुक्रबार राति जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। देहीमाण्डौंबाट गिरेगडातर्फ जाँदै गरेको बि.ए.सी ५६५९ नम्बरको जीप सडकबाट करिब ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका-६ घर भएका ३५ वर्षीय जीप चालक राकेश कोली, सोही ठाउँका ५२ वर्षीय लालीराम कोली, पञ्चेश्वर-५ का ५४ वर्षीय चन्चले दयाल र दशरथचन्द नगरपालिका-१० की अन्दाजी ३० वर्षीया कविता परियार घाइते भएका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।
घाइतेमध्ये चञ्चले दयालको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। सबै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ।

बिज्ञापन

पढ्न छुटाउनु भयाे कि ?

आमाको नामबाट नागरिकता पाउन दशकदेखि संघर्ष, अदालतकै आदेश पनि सुनुवाइबिहीन

गभर्नर नियुक्तिमा योग्यता होइन, ओली–देउवा सहमति मुख्य आधार

सभामुख र सरकारका प्रवक्ताका विवादास्पद अभिव्यक्तिले आन्दोलनरत शिक्षक थप निराश

आईपीएल २०२५: आज वाङ्खेडे स्टेडियममा मुम्बई र हैदराबाद आमनेसामने

२४ घण्टादेखि विद्युत अवरुद्ध, धनुषा, महोत्तरी र सर्लाहीका बासिन्दा समस्यामा

मन्त्रिपरिषद्को निर्णय: वैशाख १२ गते संसद् अधिवेशन आह्वानको सिफारिस

२५ करोड बराबरको विदेशी मुद्रा बरामद प्रकरण: ट्रक चालक र मालिकविरुद्ध मुद्दा दायर

ललितपुरमा दाइद्वारा बहिनीको हत्या, शव पानीको ट्यांकीमा फेला