अर्घाखाँचीको मालारानीमा जिप दुर्घटना भएको खबर प्राप्त भएको छ। चैत २४ गते बिहान मालारानी गाउँपालिका-३ ढुङ्गाडे स्थित लुटिपोखरी-खनदह भित्री सडकखण्डमा लु २ च २९९० नम्बरको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी २००-२५० मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मृत्यु हुनेहरुमा मालारानी गाउँपालिका-४ बस्ने २२ वर्षीय चालक दिलिप खनाल र सोही ठाउँका २१ वर्षीय बालकृष्ण रिजाल रहेका छन्। घाइते हुनेहरुमा मालारानी-४ कै १७ वर्षीय भुवन पोख्रेल र १७ वर्षीय वसन्त पोख्रेल रहेका छन्, जसलाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले दिएको जानकारी अनुसार इलाका प्रहरी कार्यालय खनबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा गएको टोलीले घाइतेहरुलाई उद्धार गरी तत्काल जिल्ला अस्पताल सन्धिखर्क पुर्याएको थियो। तर अस्पतालमा दुई जनाको ज्यान गएको पुष्टि भएको हो।


