नेकपा गण्डकी प्रदेशद्वारा कार्यालय परिसरमा हिउँदे धान रोपाइँ, आत्मनिर्भरतामा जोड

पोखरा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कार्यालयले उत्पादनमुखी अभियानलाई निरन्तरता दिँदै पोखरा महानगरपालिका–१३, छिनेडाडास्थित आफ्नै कार्यालय परिसरमा हिउँदे धान रोपेको छ।
प्रदेश इन्चार्ज शिलु सीका अनुसार पार्टीले समाजवादको व्यावहारिक अभ्यासलाई देखाउन र कार्यकर्तालाई आत्मनिर्भर बनाउन उत्पादनमा जोड दिएको हो। धान रोपाइँ कार्यक्रममा प्रदेशका नेता, कार्यकर्ता र स्थायी समिति सदस्यहरूको सहभागिता थियो।
यसअघि कार्यालय परिसरमा मकै खेती गरिएको थियो भने हाल काँक्रो लगायतका नगदे बाली पनि उत्पादन भइरहेको नेकपा गण्डकी प्रदेशले जनाएको छ। पार्टीले उत्पादनलाई राजनीतिक गतिविधिसँग जोडेर उत्पादन नै समाजवादको आधारशिला भएको सन्देश दिन खोजेको छ।

बिज्ञापन

पढ्न छुटाउनु भयाे कि ?

आमाको नामबाट नागरिकता पाउन दशकदेखि संघर्ष, अदालतकै आदेश पनि सुनुवाइबिहीन

गभर्नर नियुक्तिमा योग्यता होइन, ओली–देउवा सहमति मुख्य आधार

सभामुख र सरकारका प्रवक्ताका विवादास्पद अभिव्यक्तिले आन्दोलनरत शिक्षक थप निराश

आईपीएल २०२५: आज वाङ्खेडे स्टेडियममा मुम्बई र हैदराबाद आमनेसामने

२४ घण्टादेखि विद्युत अवरुद्ध, धनुषा, महोत्तरी र सर्लाहीका बासिन्दा समस्यामा

मन्त्रिपरिषद्को निर्णय: वैशाख १२ गते संसद् अधिवेशन आह्वानको सिफारिस

२५ करोड बराबरको विदेशी मुद्रा बरामद प्रकरण: ट्रक चालक र मालिकविरुद्ध मुद्दा दायर

ललितपुरमा दाइद्वारा बहिनीको हत्या, शव पानीको ट्यांकीमा फेला