अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रास्कोटको अध्यक्षमा हस्ता सी निर्वाचित

कालिकोट, चैत्र २८ : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रास्कोट नगर समितिको अध्यक्षमा हस्ता सी चयन हुनुभएको छ।
बिहीबार रास्कोटमा सम्पन्न भएको दोस्रो नगर भेलाले सीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। नवगठित समितिको उपाध्यक्षमा कुशा सी, सचिवमा पर्वता सी, सहसचिवमा चैनपुरा सी र कोषाध्यक्षमा ज्वाला सी निर्वाचित भएका छन्। अन्य सदस्यहरूमा अउछा सी, सत्य, शोभा, मनसरा, ऐना, साविता, भट्टी, सरिता, कल्पना, दाना, फुलटउरा, अमिला, मनसरा, कृसना, नानी, चल्ली, कोपिला, बाचु र लछु लगायत रहेका छन्।
भेलाका प्रमुख अतिथि अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय महासचिव राजकुमारी र विशेष अतिथि नेकपाका केन्द्रीय सदस्य विवेक सी, विक्रम सी, केन्द्रीय सल्लाहकार समग्र सी, पत्रकार कर्ण विश्वकर्मा लगायतले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए।
उद्घाटन सत्रमा बोल्दै महासचिव राजकुमारीले वर्गीय मुक्तिको साथसाथै महिला मुक्ति पनि आवश्यक रहेको बताइन्। उनले जनयुद्धले महिलाहरूको केही अधिकार स्थापित गरे पनि क्रान्ति अधुरो रहेकाले महिलामाथिको विभेद पूर्ण रूपमा अन्त्य हुन नसकेको जिकिर गरिन्। उनले पूर्ण अधिकार प्राप्तिका लागि संघर्ष जारी रहने र समाजवादी क्रान्तिमा योगदान दिन कालिकोटका सम्पूर्ण महिलालाई आह्वान गरिन्।
नेकपाका केन्द्रीय सदस्य विवेक सीले नयाँ नेतृत्वले समाजवादी व्यवस्थाका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले निर्वाचित नेतृत्वले महिला हिंसा र घरेलु हिंसा अन्त्यका लागि सशक्त आवाज उठाउने बताए। केन्द्रीय सल्लाहकार समग्र सीले कालिकोटमा नेकपा माओवादी केन्द्रका केही नेता एकता विरोधी रहेको टिप्पणी गरे। केन्द्रीय सदस्य विक्रम सीले कालिकोटका महिलाहरूलाई कमजोर नठान्न आग्रह गर्दै माल्कोटे साहसिक महिलाले जनयुद्धलाई अन्तर्राष्ट्रियकरण गरेको बताए।
दोस्रो रास्कोट नगर भेला हस्ता सीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य छाँया सीले दिएकी थिइन्।

बिज्ञापन

पढ्न छुटाउनु भयाे कि ?

आमाको नामबाट नागरिकता पाउन दशकदेखि संघर्ष, अदालतकै आदेश पनि सुनुवाइबिहीन

गभर्नर नियुक्तिमा योग्यता होइन, ओली–देउवा सहमति मुख्य आधार

सभामुख र सरकारका प्रवक्ताका विवादास्पद अभिव्यक्तिले आन्दोलनरत शिक्षक थप निराश

आईपीएल २०२५: आज वाङ्खेडे स्टेडियममा मुम्बई र हैदराबाद आमनेसामने

२४ घण्टादेखि विद्युत अवरुद्ध, धनुषा, महोत्तरी र सर्लाहीका बासिन्दा समस्यामा

मन्त्रिपरिषद्को निर्णय: वैशाख १२ गते संसद् अधिवेशन आह्वानको सिफारिस

२५ करोड बराबरको विदेशी मुद्रा बरामद प्रकरण: ट्रक चालक र मालिकविरुद्ध मुद्दा दायर

ललितपुरमा दाइद्वारा बहिनीको हत्या, शव पानीको ट्यांकीमा फेला