कस्ताे हुनेछ आजको देशभरको मौसम ?

काठमाडौं — जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालको मौसममा पश्चिमी वायु, स्थानीय वायुअरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावा को संयुक्त प्रभाव सक्रिय छ।
देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ। कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा अहिले नै मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसोको पूर्वानुमान
आज दिउँसो देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। बाँकी भूभागमा आंशिक बदली मात्र देखिनेछ।
– पहाडी प्रदेशहरूमा थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।
– उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानहरूमा हल्का वर्षा वा हिमपात समेत हुन सक्छ।
आज राति पनि पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहन सक्नेछ।
अन्य स्थानहरूमा मौसम मुख्यतः सफादेखि आंशिक बदली रहने अपेक्षा गरिएको छ।
विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी भेगमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना कायम छ।
आजको मौसमले गर्दा यात्रा गर्न चाहने वा बाहिरी काममा जानुपर्ने व्यक्तिहरूले विशेष सावधानी अपनाउन सुझाव दिइन्छ।
पर्वतीय भेगका यात्रुहरूका लागि छाता वा रेनकोट साथमा राख्नु उपयुक्त हुनेछ।

बिज्ञापन
No data was found

पढ्न छुटाउनु भयाे कि ?

गोरूझैँ जोतिएर देशको सेवा गर्ने चाहना छ : विप्लव सी 

जेन–जेड आन्दोलनको मागमा विप्लव सीको समर्थन : राजनीतिक संकटको निकास सर्वपक्षीय सरकार

जेनजी आन्दोलनको नाममा आगजनी गर्नेहरूमाथि कारबाही माग

कम्युनिष्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी योजना सक्रिय रहेको विप्लव सीको दावी

रोसिङटनको शतकसँगै पोखराको दोस्रो जित, कर्णाली प्लेअफबाट बाहिर

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे