कक्षा १२ को परीक्षा बहिष्कार गर्ने शिक्षक महासंघको निर्णय

काठमाडौँ, वैशाख २ – नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै महासंघले उक्त निर्णय सार्वजनिक गरेको हो।
यस वर्षको कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु हुँदैछ। नयाँ शैक्षिक सत्र पनि सुरु भइसकेको छ भने सरकारले राष्ट्रिय भर्ना अभियान समेत घोषणा गरिसकेको छ। तर, यता महासंघ भने विद्यालय शिक्षा ऐनको मागसहित आन्दोलनरत छ।
२० चैतदेखि शिक्षकहरू सडकमा उत्रिएको आन्दोलनमा महासंघको नेतृत्व सक्रिय रहेको छ। सोही आन्दोलनलाई थप सशक्त बनाउन महासंघले सम्पूर्ण सरकारी तथा निजी विद्यालय बन्द गर्ने निर्णयसमेत लिएको हो।
महासंघले निजी विद्यालयको छाता संगठन प्याब्सन र एनप्याब्सनलाई पनि आन्दोलनमा साथ दिन आग्रह गरेको छ। साथै, देशभरका सबै शिक्षक, प्रधानाध्यापक र विद्यालय कर्मचारीहरूलाई काठमाडौँको आन्दोलनमा अनिवार्य सहभागी हुन आग्रह गरिएको छ।

बिज्ञापन
No data was found

पढ्न छुटाउनु भयाे कि ?

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे

बागमती प्रदेश सरकारद्वारा ३ अर्बभन्दा बढी खर्च कटौती गर्ने निर्णय

नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक, डेटा सुरक्षित रहेको काउन्सिलको दाबी

राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभा अध्यक्ष दाहालको भेट, आईपीयू सम्मेलनबारे जानकारी

चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु, २ घाइते

वर्षातले बन्द भएको मेलम्चीको पानी पुनः काठमाडौँमा, तीन दिनको अन्तरमा पानी वितरण