नारायणघाट–बुटवल सडकखण्ड रातको समयमा बन्द हुने

नवलपुर,  पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तार कार्यलाई तीव्रता दिन वैशाख १ देखि रातको समयमा यातायात बन्द गरिने भएको छ।
सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार वैशाख १ गतेदेखि १५ गतेसम्म हरेक रात ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइनेछ। यस अवधिमा दाउन्ने क्षेत्रमा सडक मर्मत र पहाड कटिङको काम हुनेछ।
खनालका अनुसार दाउन्नेको पहाडी क्षेत्रमा अझै ११० मिटर पहाड काट्न बाँकी छ। साँघुरो भू–भाग भएकाले रातको समयमा सडक बन्द गरेर मात्र काम गर्न सहज हुने भएकाले यस्तो निर्णय गरिएको हो।
१४ किलोमिटर लम्बाइको दाउन्ने खण्डमा पूर्वी भागको चार किलोमिटर क्षेत्र विशेष अप्ठ्यारो मानिन्छ। यस क्षेत्रमा काम सहज बनाउन बत्तीको व्यवस्था गरी रातिमा काम भैरहेको छ।
सडक योजना अनुसार नारायणघाट–बुटवल सडकखण्डको ११४ किलोमिटरमध्ये १०० किलोमिटरलाई चार लेनमा र बाँकी १४ किलोमिटर दाउन्ने खण्डलाई तीन लेनमा विस्तार गरिनेछ। साथै, सहरी क्षेत्रमा दुवैतर्फ सर्भिस लेन पनि निर्माण गरिनेछ।
खनालले जानकारी दिएअनुसार दाउन्ने पूर्वी खण्डमा मात्रै ७० वटा कल्भर्ट बनाउनुपर्नेछ। हाल खाल्डाखुल्डी भरिनुका साथै पहाडको भित्ता काट्ने काम पनि सँगसँगै अगाडि बढाइनेछ।
गत चैतको अन्त्यमा परेको वर्षाले सडकमा हिलो जम्दा सवारीसाधन चलाउन कठिनाइ भएकोले कार्यमा थप ध्यान दिइएको हो।

बिज्ञापन
No data was found

पढ्न छुटाउनु भयाे कि ?

गोरूझैँ जोतिएर देशको सेवा गर्ने चाहना छ : विप्लव सी 

जेन–जेड आन्दोलनको मागमा विप्लव सीको समर्थन : राजनीतिक संकटको निकास सर्वपक्षीय सरकार

जेनजी आन्दोलनको नाममा आगजनी गर्नेहरूमाथि कारबाही माग

कम्युनिष्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी योजना सक्रिय रहेको विप्लव सीको दावी

रोसिङटनको शतकसँगै पोखराको दोस्रो जित, कर्णाली प्लेअफबाट बाहिर

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे