२५ करोड बराबरको विदेशी मुद्रा बरामद प्रकरण: ट्रक चालक र मालिकविरुद्ध मुद्दा दायर

काठमाडौं, राजस्व अनुसन्धान विभागले २५ करोडभन्दा बढी बराबरको विदेशी मुद्रा अपचलन प्रकरणमा ट्रक चालक कुशाङ लामा र उक्त रकमका मालिक भनिएका नारायण पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
गत चैत ४ गते काठमाडौंको टोखा–२ झोरस्थित सडकमा टोखाबाट झोरतर्फ जाँदै गरेको ना ७ ख १६५२ नम्बरको कन्टेनर ट्रकबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले ठूलो मात्रामा विदेशी मुद्रा बरामद गरेको थियो। उक्त ट्रक कुशाङ लामाले चलाएका थिए।
विदेशी विनिमय ऐनअनुसार मुद्दा
विभागले विदेशी विनिमय ऐन, २०१९ को दफा ३, ४, ५, र ९ अनुसारको कसूरमा उनीहरूमाथि मुद्दा चलाएको हो। राष्ट्र बैंकको सोही दिनको विनिमय दरअनुसार बरामद रकमको मूल्य नेपाली रुपैयाँ २५ करोड ३४ लाख १८ हजार ८ सय ४२ कायम गरिएको छ।
मुद्दामा उनीहरूलाई ऐनको दफा १७ अनुसार जरिवाना र कैद सजाय माग गरिएको छ। साथसाथै, रकम लुकाउन प्रयोग गरिएको ट्रकलाई समेत ‘कसूरजन्य सम्पत्ति’ भन्दै जफत गर्न माग गरिएको छ।
चालक कुशाङ लामा पूर्व सजाय प्राप्त
चालक लामा यसअघि सुन चोरी–पैठारी मुद्दामा दोषी ठहर भई सजाय भुक्तान गरिसकेका थिए। पाँच वर्षभित्र पुनः यस्तै प्रकृतिको अपराध गरेको प्रमाणित भएको भन्दै, उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४४२ अनुसार थप सजाय दिनुपर्ने माग गरिएको छ।
पैसाका धनी फरार
विदेशी मुद्राका वास्तविक धनी भनिएका नारायण पौडेल हालसम्म फरार छन्। भोटेकोशी गाउँपालिका–४, सिन्धुपाल्चोकका पौडेल यसअघि पनि रक्तचन्दन तस्करी, अवैध सुन कारोबार र हुन्डी व्यापारमा संलग्न भएको पाइएको छ। उनलाई पक्राउ गर्न अदालतबाट आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।

बिज्ञापन

पढ्न छुटाउनु भयाे कि ?

ट्रम्प–पुटिन फोन वार्ताले युक्रेन युद्ध रोक्न सकेन

राष्ट्र बैंक गभर्नर नियुक्ति नजिकिँदा नेप्से परिसूचकमा तेजी

अर्थविद् विश्व पौडेललाई राष्ट्र बैंकको गभर्नर बनाउने प्रस्ताव कांग्रेसले ओली सरकारमा राख्यो

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा वन क्षेत्रलाई राजस्व र समृद्धिको मुख्य आधार बनाउने नीति

नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

कपिलवस्तु शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी पक्राउ

कालिमाटीमा बिक्रीका लागि ल्याइएको धनियाँमा अत्यधिक विषादी भेटियो

देशभर आंशिकदेखि साधारण बदली, मेघगर्जनसहित वर्षाको सम्भावना