कपिलवस्तु शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी पक्राउ

 कपिलवस्तु — शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई विद्युतीय अपराध मुद्दामा पक्राउ गरिएको छ। रूपन्देही जिल्ला अदालतले गत जेठ गते जारी गरेको पक्राउ पुर्जीपछि सम्पर्कविहीन रहेका चौधरी मंगलबार आफैं इलाका प्रहरी कार्यालय बुटवलमा उपस्थित भएका थिए। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार चौधरीमाथि बलात्कार पीडित युवती उनका परिवारको गोपनीयता सार्वजनिक गरेको आरोप छ। यस मुद्दामा अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट २०७९ सालको स्थानीय निर्वाचनमा शुद्धोधन गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

यसअघि, गत पुस २० गते बुटवलको वडा प्रहरी कार्यालयमा युवतीमाथि सामूहिक बलात्कारको जाहेरी परेको थियो। जाहेरीअनुसार घटना गत असोज गते भएको थियो जहाँ पीडित युवतीलाई सन्तकुमार यादवले अर्धबेहोस बनाएर देवीनगरको एउटा घरमा बन्धक बनाएर सामूहिक बलात्कार गरिएको आरोप छ। जाहेरीमा सन्तकुमार उनका साथी राजेश्वर चौधरीमाथि बलात्कारको आरोप भने कमलेशशरण चौधरीले पीडितलाई बन्धक बनाएको कोठामा गई गालीगलौज धम्की दिएको उल्लेख छ। यो घटनामा प्रहरीले सन्तकुमारलाई मात्रै पक्राउ गरी मुद्दा दायर गरेपछि, पीडितको परिवारले फागुन २५ गते पूरक जाहेरी दिएका थिए। पछि, अध्यक्ष चौधरीले आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी पीडितको पहिचान सार्वजनिक गरेपछि पीडितले पुनः प्रहरीमा जाहेरी दिएका थिए। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र रानाले जबरजस्ती करणी बलात्कारका पीडितहरूको पहिचान खुलाउनु अपराध भएको उल्लेख गर्दै, यो प्रकारको गोपनीयता उल्लङ्घन गरेको आरोपमा कारबाही भइरहेको जानकारी दिए।

बिज्ञापन
No data was found

पढ्न छुटाउनु भयाे कि ?

गोरूझैँ जोतिएर देशको सेवा गर्ने चाहना छ : विप्लव सी 

जेन–जेड आन्दोलनको मागमा विप्लव सीको समर्थन : राजनीतिक संकटको निकास सर्वपक्षीय सरकार

जेनजी आन्दोलनको नाममा आगजनी गर्नेहरूमाथि कारबाही माग

कम्युनिष्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी योजना सक्रिय रहेको विप्लव सीको दावी

रोसिङटनको शतकसँगै पोखराको दोस्रो जित, कर्णाली प्लेअफबाट बाहिर

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे