का.जि. प्र.का.द.नं. ५३८/०७९/ ०८०
पान नं. १३७०१२८२२
समाजवादी
पान नं. १३७०१२८२२

इ पत्रिका 

का.जि. प्र.का.द.नं. ५३८/०७९/ ०८०
पान नं. १३७०१२८२२
पान नं. १३७०१२८२२
बैचारिक पत्रिका

सगरमाथा आवसिय मा.विमा पुस्तकविहीन शुक्रबार कार्यक्रमको सुरुवात

रुपन्देही // रुपन्देही देवदह नगरपालिका वडा नं ७ मा रहेको सगरमाथा आवसिय मा.वि ले ‘पुस्तकविहीन शुक्रबार’ कार्यक्रमको सुरुवात गरेको छ। विद्यालयले आधारभूत प्राविधिक ज्ञान र सीप सहितको शिक्षा प्रदान गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम सुरु गरेको हो।
कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्ण अधिकारीले विद्यार्थीलाई किताबका अलावा दैनिक जीवनमा काम लाग्ने व्यवहारिक शिक्षा प्रदान गर्दा विद्यार्थीहरुलाई आत्मनिर्भर बन्न समेत मद्दत मिल्ने बताउनुभयो। उहाले यो सरनिय कामको सुरुवात गरेकोमा विद्यालय परिवारलाई बधाई तथा धन्यवाद व्यक्त गर्नुभएको थियो।

विद्यालयका संस्थापक प्रिन्सिपल कृष्ण प्रसाद पौडेलका अनुसार ब्याग लेस स्कुलको अवधारणाले बालबालिकाहरुलाई सीपमूलक, जीवनपपयोगी तथा व्यवहारिक शिक्षा प्रदान गर्दा उनीहरुको क्षमताको विकास हुनेमा आशावादी रहेको बताउनुभयो। उहाले शुक्रबारका दिन विद्यार्थीलाई कहिले दुना तथा तपरी खुट्ने, चित्र कोर्ने तथा रङ भर्ने, कृषि सम्बन्धि लगाएत दैनिक जिवनमा आवश्यक पर्ने प्रविधिगत विषयको ज्ञान दिने बताउनुभयो। उहाले कक्षा ८-१० का विद्यार्थीलाई ईलेक्ट्रीक तथा पलम्बिङ्गको समेत तालिम दिईने बताउनुभयो। यसरी प्रदान गरिने शिक्षाबाट विद्यार्थीले दैनिक जीवनमा आइपर्ने व्यवहारिक समस्या सजिलै समाधान गर्न सक्ने उहाले बताउनुभयो।

सोहि अवसरमा विद्यालयमा अध्यनरत विद्यार्थीहरुको दन्त परिक्षण समेत गरिएको थियो। दन्त परिक्षणमा श्री कृष्ण पोलिक्लिनिकको प्राविधिक सहयोग रहेको थियो।

श्रोत:सिम्रिक आवाज

पढ्न छुटाउनु भयाे कि ?

चर्चित लोक गायक किरन बाबू पुनको नयाँ गित (प्रेम हैन र) दर्शकमाझ लोकप्रिय बन्दै

गोवामा हुने Film Bazar Festival 2023 मा चलचित्र बिकास बोर्ड सहभागी हुने

टिकटक बन्द निर्णय प्रति मेयर हर्क आक्रोसित जनताले नेता कुट्ने दिन आयो ?

भारत लजादै गरेका पाँच बालिकाको उद्धार

हत्यारालाई माफि दिने राष्ट्रपति पनि हत्यारा नै हो ? पिडित भारती |रिगल फेरि जेल जान सक्ने | १२

भारतिय गायिका संग पिपल बोट मुनि भेटिए किरण बाबू |राम्जी खाँण र करिष्माको भयो रोमान्स

गोवा पुगे चर्चित गायक राम्जी खाँण र प्रेम विवश घर्ती (आज 11 बजे देखि कार्यक्रम सुरु हुने

गोवा तिज धमाका 2080 मा चर्चित नौ कलाकारको उपस्थिति हुने| हुदैछ यस्तो तयारी|