समाजवादी मोर्चाले नागरिक समाजसँग अन्तरक्रिया र गणतन्त्र रक्षाका लागि जनप्रदर्शन गर्ने

फाहगुन २७,काठमाडौ :  समाजवादी मोर्चा नेपालले देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे नागरिक समाज, बुद्धिजीवी र विभिन्न पेसाकर्मीहरूसँग छलफल गर्ने भएको छ। प्रतिगामी शक्तिविरुद्ध कसरी एकजुट भएर अगाडि बढ्ने भन्ने विषयमा सुझाव संकलन गर्न मोर्चाले चैत १ गते अन्तरक्रिया गर्ने निर्णय गरेको छ।
फागुन २५ गते राजावादीहरूले गरेको प्रदर्शन र आफ्नो पार्टीका गतिविधिबारे समीक्षा गर्दै मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सबै परिवर्तनकारी लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने जनाएको छ। गणतन्त्रलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मोर्चाका नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिए।
मोर्चाले आफ्नो कार्ययोजना चैत १ गते पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने निर्णय गरेको छ। विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्न जनपरिचालन कार्ययोजना बनाउने र अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिबारे समीक्षा गर्ने पनि मोर्चाले जनाएको छ। गणतन्त्र रक्षाका लागि चैत १५ गते काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने निर्णय पनि मोर्चाले गरेको छ।

बिज्ञापन

पढ्न छुटाउनु भयाे कि ?

सहकारी ठगी मुद्दा: लामिछाने अदालतमा हाजिर, अर्को पेशी वैशाख २३ मा हुने

‘होस्टेल ३’ले गर्यो सुखद ओपनिङ, बक्स अफिसमा उत्साहजनक व्यापार

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच शीतल निवासमा भेटवार्ता

त्रिभुवन विश्वविद्यालयद्वारा तोडफोड घटनामा संलग्नहरूमाथि कारबाहीको माग

११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा   कैलालीको अत्तरियामा विशाल सभा सम्पन्न 

८ मार्च महिलाहरूको संघर्षको पर्याय हो

पूर्वराजा शाहलाई प्रधानमन्त्री ओलीको चुनौती : लोकप्रिय छौं भने चुनावमा आउ

जुम्लामा ४ म्याग्निच्युडको भूकम्प, आसपासका क्षेत्रमा पनि धक्का महसुस